बेलाैरीमा शुरूभयो ‘कृषि, पर्यटन मेला तथा सांस्कृतिक महोत्सव’

बेलाैरी,
कञ्चनपुरको बेलौरीमा ‘कृषि, पर्यटन मेला तथा सांस्कृतिक महोत्सव’ सुरु भएको छ ।

बेलौरी नगरपालिका वडा नम्बर ४ शान्ती माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुको संस्था पूर्व विद्यार्थी समाजले महोत्सव आयोजना गरेको हो ।

बेलौरीको खुलामञ्चमा हिजो सोमबारदेखि सुरु भएको महोत्सव यही पुस २० गतेसम्म जारी रहने महोत्सव संयोजक प्रेमबहादुर थापाले जानकारी दिनुभयो ।

अनाथ तथा गरिब बालबालिकाको सहयोगार्थ आयोजित महोत्सवको नवनिर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह बिष्टले समुद्घाटन गर्नुभएको थियो । उद्घाटनका क्रममा प्रदेश सभा सदस्य बिष्टले स्थानीय कला, संस्कृति र सम्पदाहरूको प्रचारप्रसार एवम् प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

महोत्सवमा थारु समुदायका मौलिक खानाका परिकार, कृषि उत्पादित वस्तु तथा सेवाको प्रदर्शनी लगायत विभिन्न व्यावसायिक स्टल राखिएको छ । महोत्सव अवधिभर राष्ट्रिय र स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित