कोरियामा सेल्टर स्थापना गर्न सेती महाकाली साँस्कृतिक कार्यक्रम गरिने

18
VIEWS

कञ्चनपुर,
नेपाली युवाका लागि कोरियामा सेल्टर स्थापना गर्न सेती महाकाली साँस्कृतिक कार्यक्रम गरिने भएको छ ।

सुदूरपश्चिम समाज दक्षिण कोरियाले अंग्रेजी नयाँ बर्षको अवसरमा नेपाली युवाका लागि कोरियामा सेल्टर स्थापना गर्न सेती महाकाली साँस्कृतिक कार्यक्रम आयोजना गरेको हो ।

सुदूरपश्चिम समाज दक्षिण कोरियाले जनवरी २१ अर्थात ७ पुषमा सेती महाकाली साँगितिक सौगात भा–४ आयोजना गरेको छ । सुदूरपश्चिम समाज दक्षिण कोरियाका सदस्य अमर भट्टले कामका लागि दक्षिण कोरियामा आउने नेपाली युवाका लागि सेल्टर स्थापना गर्न कार्यक्रम आयोजना गरिएको बताए ।

दक्षिण कोरिया एक कम्पनीमा कार्यरत सुदूरपश्चिम प्रदेश कञ्चनपुरको बेलडाँडीका स्थानीय समेत रहेका भट्टले कार्यक्रमको मुल उदेश्य सेल्टर स्थापनाका साथै अन्य उदेश्य राखिएको बताए । उनका अनुसार कोरियामा मनाईने लुनार क्यालेन्डरको नयाँ बर्ष सल्नालका अवसर पुर्व सन्ध्यामा कार्यक्रम आयोजना गरिएको बताए ।

‘पुष महिना हाम्रो नेपालमा पनि सुपे पन्नर सहित तुमु लोसार मनाईन्छ । यता पनि पर्व अग्र्रेंजी बर्षसंगै फरक फरक देशविच फरक फरक लोक संस्कृति पर्व मनाईदो रहेछ, ‘भट्टले भने, ‘यसरी विश्वप्याकिरण भईरहेका बेला एक अर्का देशको लोक संस्कृतिप्रति परिचित पनि हुने मौका हो ।’

कामका लागि दक्षिण कोरिया आएर विवित समस्यामा परेका नेपाली दाजुभाईलाई सहयोग गर्ने उदेश्य समेत रहेको बताए । ‘यहाँ परदेशमा रहेका हामी नेपाली दाजुभाईहरुविच आपसी सदभाव, एकता एव मनोरञ्जन पनि हुन्छ, ‘उनले भने, ‘यसका साथै सुदूरपश्चिमेलीको लोक संस्कृती जोर्गेना र नेपाल गित संगितको प्रर्बद्धनमा टेवा पुन्छ ।’

कार्यक्रममा नेपालका चर्चित लोक, देउडा सहित आधुनिक गायक, कलाकारहरुलाई आमन्त्रण गरिएको छ । प्रकास सपुत, टंक तिमल्सिना, मोनिका राई, सुमन कार्की, गौरी भट्ट सहितका चर्चित कालाकारलाई आमन्त्रण गरिएको छ । दक्षिणी कोरियाको छोङनो ओगा मेट्रो लाईन १ गेट २ दोङदेमुन एक स्टेशनमा कार्यक्रम हुने छ ।

टिकट ३० हजार नेपाली रुपैया तोकिएको छ । सुदूरपश्चिम समाज दक्षिण कोरियाका अध्यक्ष सन्तोष सुवर्णकार, महासचिव महेश बजगाई, कार्यक्रम संयोजक यज्ञरान नायक रहेका छन । यसरी कामका लागि परदेशमा रहेका नेपाली दाजुभाईले एक आपसमा मिलेर नेपालीको लोक संस्कृतिलाई विश्वका अन्य मुलुकसामु प्रस्तुत गरेर लोक संस्कृतिको संरक्षण र प्रर्बद्धनमा भूमिका निर्वाह गरिरहेका छन ।

https://www.facebook.com/madan.khatri.73997

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार