जनताप्रति उत्तरदायी बन्दै पुनर्वासका उपमेयर राना, फराकिलो तरिकाले अनुगमन गर्दा सबैपक्षलाई फाइदा

पुनर्वास,
कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिकाकी उपमेयर तथा सो पालिकाकी अनुगमन समिति संयोजक भुलिया राना पुनर्वासी जनताप्रति उत्तरदायी बन्दै गएकी छिन् ।

पुनर्वास नगरपालिकाको दिगो विकास होस् या अल्पकालिन विकास होस् त्यसमा कुनैपक्षपात नगरी जनता र उपभोक्ताहरुको हित हुने गरी फराकिलो तरिकारले योजना अनुगमन गर्ने गरेकी छिन् । अनुगमन समिति संयोजक भएकी उनले समितिका सदस्यलाई मात्र नलिइ प्रत्येक योजनामा त्यहाँको उपभोक्ता, पत्रकार, बिषगत विज्ञहरुलाई समेत साथमा लिई अनुगमन गर्ने गरेको पुनर्वासका बरिष्ट पत्रकार धन बहादुर बिकले पश्चिम समाचारलाई जानकारी गराउनु भयो ।

 

उहाँका अनुसार पुनर्वासको विकासका निम्ति सबैपक्षको उत्तिकै जिम्मेवारी हुने भएकोले आफुहरुले समेत अनुगमनमा सुझवा दिने गरेको बताए । सोमवार पुनर्वास नगरपालिका भित्र बन्दै गरेका कालोपत्रेको अनुगमन गर्नुहुदै संयोजक रानाले कमसल काम गरेका निर्माण कम्पनीहरुलाई काम पनुः गर्न निर्देशन गर्नुभएको पत्रकार बिकले बताउनु भयो । राम्रो काम गर्ने कम्पनी उपभोक्ताहरुलाई धन्यवाद समेत उक्त टिमले दिने गरेको उहाँले बताउनु भयो ।

अनुगमन समिति संयोजक रानाका अनुसार आफुहरु नयाँ भएकोले धेरै प्राविधिक कुराको ज्ञान नभएकाले विज्ञहरु, जनप्रतिनिधी, सम्वन्धीत वाडध्यक्ष, पत्रकार, सम्वन्धित क्षेत्रका उपभोक्ताहरुको सुझावलाई समेत समेटेर अनुगमन गर्ने गरेको उनले बताईन । आफुलाई जनताले दिएको जनमतको कदरगर्दै सम्पन्न हुने योजनालाई दिगो र पारदर्शिता कसरी बनाउन सक्ने जिम्मेवारी समेत समितिको हुने भएकाले यसलाई विशेष तरिकाले हेर्ने गरेको वहाँले बताउनु भयो । काम गर्ने दौरान होस् या नियत बस गरिएको कमजोरी होस् यस्ता कजोरी गर्नेलाई पहिलो चरमा सुधार गर्न सुझाव दिने अटेरी गरे मापदण्ड अनुसार कार्वाही समेत गरिने वहाँले जनाउनु भयो । जनताको काममा एक इन्चपनि लाप्रवाही नर्गन वहाँले सबैपक्षलाई सुझाव दिनु भयो । आफुहरु जनतोको सेवक भएको जनाउदै सधै जनताप्रति उत्तरदायी भएर कामगर्ने प्रतिवद्धता समेत गर्नु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित