शुक्लाफाँटा ८ का अध्यक्ष महराले गरे अध्यक्षबाट राजिनामाको घोषणा

कञ्चनपुर,

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ का वार्ड अध्यक्ष बहादुर महराले वार्ड अध्यक्षबाट राजिनामा दिने घोषणा गरेका छन।

महराले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत अध्यक्षबाट राजिनामा गर्ने घोषणा गरेका हुन । महरा नेकपा माओवादी केन्द्र पार्टीबाट शुक्लाफाँटा नगरपालिका ८ को वार्ड अध्यक्षमा दोस्रो पटक निर्वाचित भएका थिए । महराले संसदिय व्यवस्थाबाट देश र जनताको हित गर्न सम्भव नभएकोले नेकपा माओवादी केन्द्र पार्टी र वार्ड अध्यक्ष दुवै पदबाट राजिनामा गरेर नेकपा बहुमत पार्टीमा समावेश हुने बताएका छन ।


महरा मअोवादी लडुकाबाट अवकास अाई दोस्रो संविधान सभा निर्वाचनमा म्यादी प्रहरी, ०७४ मा वडाध्यक्ष र ०७९ मा पुन: वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनले यो भन्दा पहिला पनि अध्यक्षबाट राजिनामा घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित