बेलडाँडीलाई सुख्खा बन्दरगाह जोड्ने छोटोदुरीको सडक र बेलडाँडीमै विद्युत सवस्टेशन निर्माण गर्ने निर्णय समेत पारित

बेलडाँडी,
बेलडाँडी गाउँपालिका आफ्नो १२ औं हिउँदे अधिवेशनबाट गौरवका निर्णयहरु पारित गराएको छ ।

पालिकाले बेलडाँडीलाई सिधै दोधारा चादँनी सुख्खा बन्दरगाह संग जोड्ने सडक र बेलडाँडीमै विद्युत सव स्टेशन निर्माणका लागि पहल गर्ने निर्णय समेत पारित गराएको गाउँपालकाले जनाएको छ ।

बेलडाँडी समृद्धी हुनका लागि दोधारा सुख्खा बन्दरगाह संग जोड्न वडा नं.५ झिलमिला हुदै शुक्लाफाँटा निकुञ्जको किनार किनारै सडक विस्तार गर्नका लागि सम्वन्धित निकायहरुमा पहल गर्ने निर्णय सभाले पारित गरेको अध्यक्ष हरिचन्द्र रानाले जानकारी गराउनु भयो । उहाँका अनुसार बेलडाँडीका आम जनताले विद्युत लाईन घुमाउरो बाटो बेलडाँडी पुग्ने गरेकाले बेला बेलामा यहाँका जनताले भोग्नु परेको समस्या समाधानका लागि सभाबाट बेलडाँडी दैजी सडक खण्डहुदै बेलडाँडीमै सब स्टेशन स्थापना गर्ने निर्णय समेत सभाले पारित गरेको जनाए ।

बेलडाँडीमा प्रयाप्त मात्रमा विद्युत आपुर्ति हुन नसक्नाले यहाँ उद्योग कलकारखाना खोल्न आउनेहरु फर्केर जाने गरेका छन् । लालपुर, कलुवापुर, बन्साह, कालागौंडी, बेलौरी कलकत्ता हुदै बेलडाँडी पुग्ने लाई सयौं ठाउँमा बेला-बेला फल्ट हुने गरेकाले यहाँका जनाताले भोग्नु परेको समस्या न्युनिकरण गर्नका लागि सभाबाटै निर्णय पारित गराएर सम्वन्धित ठाउँमा पहल गर्ने जनाइएको छ ।

यस्तै “पुरै पालिकालाई छुने गरी रिङरोड निर्माण, आन्तरिक तथा वाह्य पर्यटन बेलडाँडी भित्र्याउनका लागि कालिकिच ताल संरक्षण पवर्दनमा जोड दिदै सम्वन्धित निकायमा पहल गर्ने, बेलडाँडी क्षेत्र भित्र सिमसारका कारण जनताले भोग्नु परेको समस्यालाई समाधानका लागि सम्वन्धित निकाय तथा कार्यालयलाई पहल गर्ने, खेलाडीहरु उत्पादनमा जोड दिन खेलमैदान निर्माणका लागि पहल गर्ने, यस क्षेत्रका किसान, व्यापारीहरुलाई विऊविजन भण्डारण गर्नका लागि कोल्डस्टोर स्थापना गर्ने लगायत महत्वपुर्ण निर्णय गर्दै पारित गरेको बताए ।”

विकासको अवस्था, बजेटको खर्च विवरण, कार्यक्रमको उपलब्धि, समस्याहरूका बारेमा छलफल, स्थानीय तहका ऐन कानुनको कार्यान्वयनका बारेमा अधिवेशनमा छलफल गरी केहि नियमावली पारित समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित