बेलौरी नगरपालिका २ मा एकदिने स्वास्थ्य शिबिर सम्पन्न

माधब पौडेल/बेलाैरी,

कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर २ मा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

 

वडा कार्यालयको हलमा जागृती फाउन्डेसन तथा नोभा हस्पिटल प्रा. लि. धनगढीको समन्वयमा बेलौरी नगरपालिका वडा नम्बर २ कार्यालयको आयोजनामा शनिबार एकदिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको हो।

 

कैलालीमा रहेको नोभा हस्पिटल प्रा.लि कार्यरत बालरोग विशेषज्ञ ,जनरल फिजिसियन गरि ३ जना विशेषज्ञ डाक्टरद्वारा नि-शुल्क स्वस्थ्य परिक्षण तथा नि-शुल्क औषधी बितरण गरेको हुन।

उक्त स्वास्थ्य शिबिर मा २६१ जनाले स्वास्थ्य परिक्षण गरेको बेलौरी नगरपालिका वडा नम्बर २ का वडा सदस्य बिक्रम चौधरीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित