माधब पौडेल/बेलाैरी,
नेपाल रेडक्रस सोसाइटी उपशाखा बेलौरीको २७ औ साधारण सभा शनिबार सम्पन्न भएको छ।
शनिबार बसेको २७ औ साधारणसभा ले ११ सदस्यीय नयाँ कार्यसमिति निर्बिरोध चयन गरेको छ। सभापतिमा विष्णुप्रसाद तिवारी, उपसभापति तारा शाही सचिव शेर ब बिष्ट , कोषाध्यक्ष धनेष दत्त पन्त , उपसचिव मधुविलास ढुङ्गाना, कोषाध्यक्ष विजय प्र. पौडेल , सदस्य चन्द्रप्रसाद पोखरेल , चित्रकला गैरे, चन्द्रसिंह विष्ट, टोलप्रकाश पौडेल र आशाराम चौधरी चयन भएका छन् ।
उपशाखा बेलौरीका सभापति विष्णुप्रसाद तिवारीको सभापतित्वमा प्रमुख अतिथि बेलौरी नगरपालिका ६ का वडा अध्यक्ष,भोजराज चौधरी , विशिष्ट अतिथिमा प्रेमसिंह बोहरा कविता जोशी, अशोक पाण्डेय, र ६ का वडा सदस्यहरुको सहभागिता रहेको थियो ।
साधारण सभाले हरिसिंह बिष्ट , पदमपाणि ढकाल, तारा बिष्ट र अर्जुन ढकाललाई सम्मान गरिएको सभापति तिवारीले जानकारी दिनुभयो ।
कार्यक्रम सञ्चालन उपशाखाका सचिव शेर बहादुर बिष्टले गर्नुभएको थियो।
Discussion about this post