एमालेले २७ गते सुदूरपश्चिम मुख्यमन्त्रीको दाबी पेश गर्ने

41
VIEWS

धनगढी,

केन्द्रमा सुदूरपश्चिमको सरकार आलोपालो गर्ने सहमति भएसँगै नेकपा एमालेले पुस २७ गते मुख्यमन्त्रीको दाबी पेश गर्ने भएको छ ।

केन्द्रको सहमति अनुसार सुदूरपश्चिममा एमाले र माओवादीबीच आलापालो हुनेछ । त्यही अनुसार एमालेले प्रदेश प्रमुखले दाबी पेश गर्न दिएको अन्तिम दिन दाबी पेश गर्न लागेको हो ।

मुख्यमन्त्रीमा रुपमा नेकपा (एमाले)का संसदीय दलको नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्रीको दाबी गर्नेछन् । रावले पर्सी २७ गते दाबी पेश गर्ने बताएका छन् ।

रावल नागरिक उन्मुक्तिको साथसहित मुख्यमन्त्री बन्नेमा ढुक्क छन् । यद्दपी नागरिक उन्मुक्ति पार्टीले अझै सुदूरपश्चिम सरकारबारे निर्णय लिइसकेको छ ।

प्रदेशमा सरकार बनाउँन २७ जना चाहिन्छ । एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ गरी २९ जना सांसद पुर्‍याउँने तयारीमा सरकार गठबन्धन छ ।

यस्तै एमालेले उन्मुक्तिले साथ नदिए माओवादी, एकिकृत समाजवादी, राप्रपा र स्वतन्त्र सांसदलाई साथ लिने तयारी गरेको छ । यसो गर्दा एमालेका १०, माओवादी केन्द्रका ११, एकीकृत समाजवादी पार्टीका ४, राष्ट्रिय प्रजातन्त्र पाटी र स्वतन्त्र सदस्य १/१ गरी २७ सांसद हुन्छन् ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार