केशव थापा/कञ्चनपुर,
कञ्चनपुरको गोरखनाथ सामुदायिक वनको बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
बेलौरी नगरपालिका ९ कुण्डामा रहेको गोरखनाथ सामुदायिक वनको १६औँ बार्षिक साधारण सभा सम्पन्न भएको हो । बार्षिक साधारण सभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सामुदायिक वनका अध्यक्ष राजाराम चौधरीले वनमा संरक्षणका लागि थुप्रै गतिबिधी भएको बताएका छन ।
वनमा आश्रित समुदायलाई सीपमुलक तालिम, छात्रबृतिदेखि वन संरक्षण हुँदा बन्यजन्तुको आगमन भईरहेको उल्लेख गरिएको छ ।
‘सामुदायिक वनले सामाजिक कार्य समेत गरेको छ, ‘अध्यक्ष चौधरीले भने, ‘विद्यालयदेखि स्वास्थ्य चौकी निर्माणसम्मका थुप्रै कामकाम गरेका छौँ ।’ सामुदायिक वनका उपभोक्ता महिलाहरुलाई सीपमुलक तालिम प्रदान गरेर विभिन्न आयआर्जनका काममा लगाईएको छ ।
जेष्ठ नागरिकलाई कम्बल वितरण, गाँउमा पहिलो एसएलसी उर्तिण विद्यार्थीलाई सम्मान, गोरखनाथ माविका प्रथम विद्यार्थी ५ हजार पुरस्कारदेखि थुप्रै कामकाज गरेको जनाएको छ । ०५९ सालदेखि सामुदायिक वन विस्तार भएयता संरक्षणका साथै समाजिक कार्य गरिएको अध्यक्ष चौधरीले बताए ।
भावि दिनमा समेत थप संरक्षणका कामकाज गरिनेछन । १४८ हेक्टर सामुदायिक वन क्षेत्रमा ठुला बन्यजन्तु बाघ, हात्ती सहित दुर्लभ बन्यजन्तुको आगमन, बासस्थान भएको दावि गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बेलौरी नगरपालिका प्रमुख पोतिलाल चोधरीले सामुदायिक वनले जैविक विविधता एव समाजिक कार्य गरेको भन्दै प्रसंसा गर्नुभयो । नगरपालिकाबाट सक्दो प्रयास गरिने बताए । सव डिभिवन वन कार्यालय कुण्डाका प्रमुख दिनेश यादवले सामुदायिक वनले थप संरक्षणका कार्य गर्नुपर्ने सुझाव दिए ।
बेलौरी नगरपालिका ९का वडाध्यक्ष किशान रानाले वडामा रहेको उक्त वनले आगामी दिनमा वन संरक्षणका साथै सामुदायिक वनका उपभोक्तालाई सुविधा पु¥याउनुपर्नेमा जोडदिए । सामुदायिक वनका उपाध्यक्ष गोपाल चौधरीले स्वागत मन्तव्य राख्दै आगामी दिनमा थप वन संरक्षणका कार्य गरिने बताए ।
कार्यक्रममा सो क्षेत्रका स्थानीय एव समाजसेवी राम बहादुर गुरुङ्ग लगायतका वक्ताहरुले सामुदायिक वन बृद्धि विकासदेखि उपभोक्तामुखी हुनुपर्नेमा सुझाव दिएका छन । साधारण सभाबाट सामुदायिक वनका नयाँ नेतृत्व चयन गरिनेछ ।
Discussion about this post