प्रचण्डलाई विश्वासको मत दिन कांग्रेसले लगायो ह्वीप

काठमाडौं,

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ ।

कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाको निर्देशनमा दलका मुख्य सचेतकले पार्टीका सांसदहरुलाई ह्वीप जारी गरेका हुन् ।

संसदीय दलले ह्वीप लगाएपछि प्रचण्डलाई विश्वासको मत दिने निर्णयमा असहमति जनाएका सांसदले पनि मत दिनुपर्ने बाध्यता बनेको छ । संसदीय दलको बैठकमा कांग्रेसका ५ जना सांसदले प्रचण्डलाई विश्वासको मत दिने निर्णयमा असहमति जनाएका थिए ।

महामन्त्रीद्व गगन थापा, विश्वप्रकाश शर्मा, नेताहरू प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र प्रदीप पौडेलले असहमति दर्ज गराएका थिए । अब उनीहरुले पनि प्रचण्डलाई विश्वासको मत दिने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित