नेपालको संसदीय इतिहासमै सबैभन्दा बढी सांसदको विश्वासको मत पाए प्रधानमन्त्री प्रचण्डले

काठमाडौं,

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको संसदीय इतिहासमै सबैभन्दा बढी सांसदको विश्वासको मत पाएका छन् ।

संविधानको धारा ७६ को उपधारा २ अनुसार नियुक्त भएका प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । जसअनुसार प्रतिनिधिसभामा मंगलबार भएको मतदानमा प्रचण्डले विश्वासको मत प्राप्त गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले  विश्वासको मतको प्रस्तावको पक्षमा अर्थात हुन्छ भन्ने पक्षमा २६८ मत पाएको सभामुखको हैसियतमा रहेका जेयष्ठ सदस्य पशुपति शमशेर राणाले घोषणा गरे । यस्तै दुई सांसदले विपक्षमा मत दिए ।  मतदानमा २७० सांसद उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित