राजेन्द्र निर्माण सेवा प्रा.लि ले काममा लापरबाही गरेको भन्दै बहुमत निकट युवा संगठनले दियाे बेदकाेटलाई ज्ञापन पत्र

कञ्चनपुर,
राजेन्द्र निर्माण सेवा प्रा.लि. ले काममा लापरबाही गरेको भन्दै बहुमत निकट युवा संगठनले चेतावनी सहित ज्ञापन पत्र बुझाएको छ ।

कञ्चनपुरकाे बेदकोट नगरपालिका अन्तर्गत भिम साउद सञ्चालक रहेको (राजेन्द्र निर्माण सेवा प्रा.लि) ले १५ शैया अस्पताल बनाउनका लागि मिति२०७८ बैसाख २२ गते   सम्झौता भएको तर अहिलेसम्म कुनै पनि काम सुरुवात नगरि ८५ लाख पेश्की रकम भुक्तानी लिएर करिब दुईबर्ष सम्म कामन सञ्चालन नगरि फरार रहेको बिषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउदै यस्तो घिन लाग्दो हर्कतको घोर भत्र्सना गर्दै तुरुन्त काम संचालन गराउन ज्ञापनपत्र बुझाएका छन् ।

उक्त निर्माण कम्पनीलाई सम्पर्कमा ल्याई १५ दिन भित्र
काम सञ्चालन गर्न गराउन अपिल समेत गरेको छ ! यदि १५ दिन सम्म पनि निर्माण कम्पनीले कार्य सुचारु नगरे सम्बन्धित नगरपालिका र निर्माण कम्पनी बिच भएको कार्य सम्झौता तत्काल खारेज गर्न जोडदार माग समेत गर्नुभएको छ ।

पत्रमा भनिएको छ “स्वास्थ जस्तो समवेदनशील अस्पताल निर्माण जस्तो काममा पनि चरम लापरबाही गरिएको पाईएको छ । अब आयन्दा यस्तो समवेदनशील कार्यमा लापरबाही मिलोमतो गरेको पाईएमा हाम्रो संगठन कडा संघर्षमा जान बाध्य हुने चेतावनी दिएकाे छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित