अत्तरियामा भोलि देखि सुदूरपश्चिम प्रादेशिक महोत्सव शुरू हुने

21
VIEWS

धनगढी,

कैलालीको अत्तरियमा भोलीदेखि महोत्सव लाग्ने भएको छ।

यसका लागि सम्पुर्ण तयारी पुरा भएको अत्तरिया उद्योग वाणिज्य संघले जनाएको छ । अाज उद्योग वाणिज्य संघले आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त कुरा जानकारी गराएको हो ।

‘सुदूरपश्चिम प्रादेशिक महोत्सव’ आयोजनाका लागि सबै तयारी पुरा भइसकेको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटाले बताए।

महोत्सवको भोली (बुधबार) सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गर्ने कार्यक्रम समेत तय गरिएको छ। महोत्सवमा १५० व्यवसायीक प्रयोजनका स्टल रहने आयोजकले बताएको हो।

महोत्सवमा दुई करोडको कारावार तथा झण्ड ८० हजार दर्शकले अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ। माघ ९ गतेसम्म संचालन हुने महोत्सव अवलोकन गर्न सर्वसाधारणका लागि ८० र विद्यार्थीहरुका लागि ५० रुपैया टिकट तोकिएको छ।

https://www.facebook.com/madan.khatri.73997

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार