सुदूरपश्चिम प्रदेशको सभामुख चयनमा १ मत अपुग, पुन: चयनका लागि ११ बजे बैठक अाह्वान

धनगढी,
सुदूरपश्चिम प्रदेशको सभामुखका दावेदार रहेका नेकपा माओवादी केन्द्रका उम्मेदवार भीम बहादुर भण्डारीले २६ र नेपाली काग्रेसका उम्मेद्वार मान बहादुर रावलले २३ मत पाएका छन ।

कसैले पनि बहुमत नपाएपछि सभामुख चयनका लागि भोली बिहान ११ बजे बैठक आह्वान गरिएको छ ।

सभामुखका उम्मेद्वार भण्डारीका पक्षमा भएको मतदानमा एक मत अन्यमा परि बदर भएको थियो ।
५३ सदस्यमध्ये ५० जना सदस्य मतदानमा भाग लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित