बेलौरी,
थारु समुदायको नयाँ बर्ष माघीको अवसर पारेर बेलौरी नगरपालिकाले भलमन्साहरुलाई बैठक बस्न कुर्सी वितरण गरेको छ ।

सनिवार एक कार्यक्रमको आयोजना गर्दै बेलौरी नगरपालिकाले नगरभरीका ९९ सय जना भलमन्साहरुलाई ६,६ कुर्सी वितरण गरेको पालिकाले जनाएको छ । भलमन्साहरुले समाजिक सदभाव कायम राख्दै आएकाले यस्तो कार्यले थप काम गर्न प्रोत्साहित गर्ने जनाउदै वितरण गरिएको पालिकाले जनाएको छ । थारु समुदायले माघीमा नयाँ नेतृत्व चयन, बर्ष भरी गरेका कार्यको समिक्षा गर्दै आएका छन् ।
भलमन्साले गर्ने पालिकाले गरेको सहयोगले थपटेवा पुग्ने उनीहरुले बताएका छन् । समुदायलाई एकतावद्ध भएर लैजाने उनीहरुले प्रतिवद्धता समेत गरेका छन् । यस समुदायमा आज पर्व धुमधामका साथ मनाउने कार्य भएको छ । ठाउँठाउँमा मेला समेत लागि रहेको छ ।

Discussion about this post