पोखरामा दुर्घटनाभएको यतिको जहाजमा चालक दलका ४ सदस्यसहित ७२ जना सवार रहेको पुष्टि

24
VIEWS
काठमाडौँ,

यति एयरलाइन्सको जहाजमा चालक दलका ४ सदस्यसहित ७२ जना सवार रहेको पुष्टि भएको छ ।

यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले ७२ जना सवार जहाज पोखरामा दुर्घटनाग्रस्त बनेको बताए ।

१०ः ३३ मा काठमाडौंबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडेको जहाज सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको हो।  एएनसी एटीआर ७२ जहाजमा क्याप्टेन कमल केसीले उडाएका थिए । दुर्घटनापछि जहाजमा आगलागी भएको छ ।

अहिले घटनास्थलमा उद्धारकर्मीहरुले उद्धार कार्य जारी राखेका छन् ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार