विमान दुर्घटना ः पत्रकार पौडेलको स्मृतिमा महेन्द्रनगरमा दिप प्रज्वलन

33
VIEWS

 कञ्चनपुर,

आइतबार पोखरामा भएको विमान दुर्घटनामा परी दिवङगन भएका पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा कञ्चनपुर महेन्द्रनगरमा समेत दिप प्रज्वलन गरिएको छ ।

सोमबार नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरले मदन चोकमा पत्रकार पौडेलको स्मृतिमा दिप प्रज्वलन गरेको हो । नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका सचिव राजेन्द्र प्रशाद अवस्थीले पत्रकार महासंघका केन्द्रीय सदस्य एव प्रेस सेन्टर नेपालका उपाध्यक्ष पत्रकार पौडेलको स्मृतिमा शोक सभा एव दिप प्रज्वलन गरेर आत्माको शान्तिको कामना गरिएको बताए ।

दिप प्रज्वलन कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका महासचिव रामसिह ठगुन्ना सहितका पत्रकार महासंघ प्रदेश, जिल्लाका पदाधिकारी, सदस्य सहितको सहभागिता रहेको थियो पौडेल काठमाडौंबाट आफ्नो गृहनगर पोखरा फर्कने क्रममा दुर्घटनामा परेका थिए । प्रेस सेन्टर नेपालका उपाध्यक्षसमेत रहेका पौडेल यसअघि तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराका प्रेस संयोजक थिए ।

 

प्रेस सेन्टरको पदाधिकारी बैठकका लागि उनी काठमाडौं आएका थिए । पत्रकार महासंघले उनको निधनमा १३ दिनसम्म केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने निर्णय गरेको छ । पत्रकार महासंघ, प्रेस सेन्टरका देशैभरीका विभिन्न प्रदेश, जिल्ला, प्रतिष्ठान शाखाले दिवङगत भएका पत्रकार पौडेलको स्मृतिमा शोक सभा एव दिप प्रज्वलन गर्दै नेपाली आकाश सुरक्षित राख्नुपर्नेमा जोडबल गर्दै आएको छ ।

https://www.facebook.com/madan.khatri.73997

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार