एमाले हुँदै माओवादी प्रवेश गरेका भण्डारी, जो तेस्रो प्रयासमा यसरी बने सभामुख

37
VIEWS
धनगढी,

संघीयता लागु भएपछिको पहिलो प्रदेशसभाको सभामुख अर्जुनबहादुर थापा पनि बझाङ जिल्लाकै थिए ।

उनका उत्तराधिकारीका रुपमा मंगलबार माओवादीका भीमबहादुर भण्डारी सभामुखमा चयन भए । जो बझाङ प्रदेश २ बाट निर्वाचित भएका हन् ।

भण्डारीको राजनैतिक यात्रा भने नेकपा एमालेबाट सुरु भएको हो । उनी २०५२  सालमा औपचारिक रुपमा नेकपा एमालेको राजनीतिमा होमिएका थिए ।

एमालेको अनेरास्ववियु बाँकेको जिल्ला सचिव समेत भईसकेका भण्डारी २०५८ सालमा भने नेकपा माओवादी केन्द्रमा प्रवेश गर्दै भुमिगत बने ।

त्यसपछि माओवादी शान्ति प्रक्रियामा आएपछि उनी पार्टीको जिल्ला सचिव समेत बनेका थिए । त्यसबाहेक उनले विभिन्न जनवर्गिय संगठनको पनि जिम्मेवारी सम्हालेका छन् ।

सभामुख निर्वाचित भण्डारीले प्रदेशसभा सहभागी सबै दलहरुसंग हातेमालो गरेर अघि बढ्ने बताए ।

‘सुदूरपश्चिमको विकास मानव सुचाङ्कका हिसावले धेरै पछाडि परेको क्षेत्र हो,’ उनले भने, ‘प्रदेशको स्तर माथि उठाउँदै समृद्ध सुदूरपश्चिमका लागि सबै दललाई साथमै लगेर जानुछ ।’

विगतमा भए गरेका कामहरुलाई पनि निरन्तरता दिँदै प्रदेशलाई संघीयताको एउटा आधारको रुपमा स्थापित गर्ने उनको भनाई छ ।

सुदूरपश्चिममा तेस्रोपल्ट सभामुखका लागि भएको निर्वाचनबाट उनी सभामुखमा २९ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।

यसअघि दुईपल्ट भएको निर्वाचनमा बहुमत नपुग्दा उनी सभामुख चयन हुन सकेका थिएनन । पहिलोपल्ट भएको निर्वाचनमा उनका पक्षमा बहुमत पुग्न १ मत कम परेको थियो । त्यसबेला नागरिक उन्मुक्ति पार्टी(नाउपा)का लक्ष्मणकिशोर चौधरी र एमालेका चक्र मल्ल अनुपस्थित भएका थिए भने एक म तबदर भएको थियो ।

दोस्रोपल्ट भएको निर्वाचनमा नाउपाका सांसदहरुले निर्वाचनमा भाग नलिदा उनका पक्षमा बहुमत पुगेको थिएन । त्यसपछि नाउपाका सांसदहरुसँग भएको छलफलमा उनीहरुको माग पूरा गर्ने प्रतिबद्धता आएपछि मंगलबार उनीहरुले मत दिएका हुन् । जसबाट तेस्रोपटकमा भण्डारी सभामुख बन्न सके ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार