पुनर्वासमा पत्रकार र कर्मचारीविच मैत्रीपुर्ण फुटबल

175
VIEWS

पुनर्वास,
कञ्चनपुरको पुनर्वासमा पत्रकार र कर्मचारीविच मैत्रीपुर्ण फुटबल प्रतियोगिता भएको छ ।

 

शुक्रबार एक कार्यक्रममा विच गोरखा आधारभूत विद्यालयको प्राङ्गणमा मैत्रीपुर्ण फुटबल प्रतियोगिता भएको हो । पुनर्वास नगरपालिकाको सहयोगमा पत्रकार र कर्मचारीविच आपसी सदभाव एवम स्वास्थ्यका लागि मैत्रीपुर्ण फुटबल प्रतियोगिता भएको हो ।

पुनर्वास टाईम्सका संचालक लाल बहादुर एसकेले दक्षिणी क्षेत्रका सकृय पत्रकार पुनर्वास नगरका कर्मचारीविच मैत्रीपुर्ण फुटबल प्रतियोगिता भएको बताए । पत्रकार एसकेका अनुसार पत्रकारको टिमले ३ र कर्मचारीको टिमले ४ गोल गरेका थिए ।

यस्तै मैत्रीपूर्ण खेलमा कर्मचारी टिम तर्फबाट क्याप्टेन समेत रहेका पुनर्वास नगरपालिकाका इन्जिनियर भान सिह धामीले यस्ता खेलले मानव स्वास्थ्यमा फाइदा हुनेभन्दै मैत्रीपूर्ण खेल सबै संग खेलिने बताए । सबै पक्षसंगको सहकार्य हुनुका साथै सद्भाव समेत राम्रो हुने बताए । उनले अाफ्नो टिमलाई विजयी बनाउन महत्त्वपूर्ण भुमिका समेत निर्वाह गरेका थिए ।

पुनर्वास नगरका प्रमुख तोया प्रशाद शर्माले यसरी नै पत्रकार र कर्मचारीविच मैत्रीपुर्ण फुटबल अनुरुप मैत्रीपुर्ण व्यवहार निरन्तर हुनुपर्नेमा जोडदिए ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार