पोखरा जहाज दुर्घटनामा ज्यानगुमाएका आमा छोराको महाकालीमा दाहसंस्कार

84
VIEWS

कञ्चनपुर,
पोखरामा दुर्घटना भएको यति एयरलाइन्सको जहाजमा ज्यान गुमाएका महेन्द्रनगरका आमा छोराको अन्त्यष्टि गरिएको छ।

भीमदत्त नगरपालिका–४ का सुष्मा भट्ट र उनका कान्छा छोरा श्लोकको शव शुक्रबार बेलुका काठमाडौंँबाट महेन्द्रनगर ल्याइएको थियो।

शनिबार महाकाली आर्यघाटमा हिन्दु परम्परा अनुसार उनीहरुको दाहसंस्कार गरिएको पारिवाररिक स्रोतले जनाएको छ।

गत आइतबार काठमाडौंबाट पोखरा जादै गर्दा उनीहरु सवार यती एयरलाइन्सको जहाज पोखरा विमानस्थल नजिकै सेती खोँचमा दुर्घटनाग्रस्त भएको थियो।

दुर्घटनमा चालक दलका ४ सहित ७२ जनाले ज्यान गुमाएका थिए।

https://www.facebook.com/madan.khatri.73997

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार