कञ्चनपुर,
नेकपा माओवादी केन्द्र कञ्चनपुर दक्षिण क्षेत्रको बेलडाँडी गाँउपालिका पार्टी कार्यालय उद्घाटन गरिएको छ । शनिबार एक कार्यक्रमका विच बेलडाँडी गाँउपालिका २ चवन्नी बजारमा माओवादी केन्द्रको पार्टी कार्यालय उद्घाटन गरिएको माओवादीले जनाएको छ ।
नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्ट, माओवादी नेतृ एव पुर्व खानेपानीमन्त्री बिना मगरले पार्टी कार्यालय उद्घाटन गरेका हुन । पाटी कार्यालय उद्घाटन कार्यक्रममा माओवादी केन्द्रका नेताहरुले सम्बृद्धि र विकासका लागि जसको नीति, उसैको कार्यक्रमका लागि माओवादी केन्द्र जिताउन आब्हान गरेका छन ।
माओवादी केन्द्रका जिल्लादेखि केन्द्रीय नेताहरुले माओवादीको संघीयता, संविधान एव स्थानीय सरकारको नीति भएकाले उक्त नीति अनुरुप जनताको सेवा सुविधाका लागि माओवादी केन्द्र जिताउन आब्हान गरेका छन ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहेका माओवादी सुुदूरपश्चिम इन्चार्ज खगराज भट्टले जसको विचार उसैको नेतृत्व नहुँदा जनताले अहिले दुख भोक्नु परेको बताए । ‘स्थानीय तहको परिकल्पनाकार माओवादी हो, ‘उनले भने, ‘माओवादी बेलडाँडीमा चुनाव हार्दा आज जनता मारमा परेका छन ।’ माओवादीलाई बेलडाँडीमा जिताएर पछुताउन नदिने बचन दिदै नेता भट्टले माओवादी हारे जनता हार्ने बताए ।
पुर्वखानेपानीमन्त्री एव माओवादी केन्द्रीय सदस्य बिना मगरले गाँउको सम्बृद्धिका लागि पालिका सरकार फरक पार्टीको भएकाले माथिबाट पठाउने योजनामा समेत स्थानीय सरकारबाट चासो नहुँदा बेलडाँडीमा हालिएका योजना समेत कार्यान्वयन नभएको बताए । ‘दक्षिणी क्षेत्र पर्यटकिय, कृषिले प्रसस्त सम्भावना बोकेको क्षेत्र हो, ‘उनले भनिन, ‘हामीले यस क्षेत्रको विकासका लागि संघबाट थुप्रै बजेट पठाए तर कार्यान्वयन भएनन ।’ बेलडाँडीमा माओवादी केन्द्र शक्तिशाली बनिरहेको बताउँदै उनले विकासका लागि माओवादी जिताउन आब्हान गरिन ।
माओवादी केन्द्र कञ्चनपुरका इन्चार्ज टेकेन्द्र प्रशाद भट्टले संविधानको रक्षा र विपन्न जनताको भलाईका लागि माओवादी केन्द्र जिताउन आब्हान गर्नुभयो । केन्द्रीय सदस्य जिल्ला इन्चार्ज समेत रहेका भट्टले बेलडाँडीमा माओवादी जिताएर जनताले आफ्नो भविश्य सुनिश्चित गर्न जोडदिए । कार्यक्रममा माओवादी नेता एव भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री मान बहादुर सुनारले माओवादी जिताउन आब्हान गर्दै माओवादीले जनताको समाजिक सुरक्षाको ग्यारेन्टी गर्ने बताए । राज्यमन्त्री सुनारले समाजिक भत्तामा दलितलाई ६०बर्ष र गैर दलितलाई ७० बर्ष भन्दा पनि सबैलाई मिल्ने गरी ५५ बर्ष गर्नुपर्नेमा जोडदिए ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य लोकेन्द्र लम्सालले वैज्ञानिक समाजवादका लागि आँखा चुम्लेर हसियाहतौडामा भोट हाल्न आब्हान गर्दै निमुखा जनताको उन्मुक्तिका लागि माओवादी केन्द्रलाई विजयी गराउन आब्हान गरे । अर्का माओवादी केन्द्रका केन्द्रीय सदस्य गोबिन्द नेपालीले काँग्रेस, एमालेहरुले विपन्न र दलित हेपेको भन्दै माओवादी निमुखाको पार्टी भएकाले सरकारको नेतृत्व माओवादीलाई दिन आब्हान गरे । माओवादी केन्द्र बेलडाँडीका उपाध्यक्ष जनकराज गिरीले स्वागत मन्तव्य राखेका थिए । माओवादी केन्द्रका बेलडाँडी अध्यक्ष डम्बर बहादुर शाहको अध्यक्षतामा भएको कार्यक्रममा सचिव चेत बहादुर शाहले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दै माओवादी केन्द्र प्रवेस गरेका थिए । माओवादी केन्द्र बेलडाँडीका अध्यक्ष डम्बर बहादुर शाहले पार्टी कार्यालय संचालनमा आएसंगै पालिकाभरी पार्टीका कार्यक्रम संचालन गर्ने बताए ।
Discussion about this post