कञ्चनपुर,
ट्राफिक प्रहरीले दुःख दिएको भन्दै एमाले निकट मजदुर संगठन आन्दोलित भएका छन ।
सोमबार उनीहरुले महेन्द्रनगर बजार बजारमा बिरोध प्रर्दशनका साथै नगरपालिका कार्यालय अगाडी बिरोध प्रर्दशन गरेका छन ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन भीमदत्त नगर कमिटिले ट्राफिक प्रहरीको ज्यादती बन्द गर, ईरिक्सा संचालन कार्यविधी लागु गर भन्दै बिरोध प्रर्दशन गरेका हुन । उनीहरुले सडकमा ट्राफिक प्रहरीले अनेकन दुख दिनेदेखि जरिवानाका नाममा पैशा लिईरहेको आरोप लगाएका छन ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सदस्य शंकर दत्त जोशीले ईरिक्सा चालकमाथि सडकमा ट्राफिक प्रहरीले अनेकन दुख दिने काम बिरुद्धमा आन्दोलन गर्न बाध्य भएको बताएका छन ।
उनले यस अघि भदौँ महिनामै मजदुर संगठनबाट नगरपालिकामा ज्ञापन पत्र बुझाएपनि हालसम्म त्यस विषयमा कुनै सुनुवाई नगरेको भन्दै ईरिक्सा कार्यबिधीको माग अघि सारेका छन ।
ट्राफिक प्रहरी कञ्चनपुरले भने कानुन नमान्नेमाथि कार्बाही गरिएको र कुनैपनि ईरिक्सावालाहरुलाई दुख नदिएको र पैशा समेत नअशुलेको जनाएको छ ।
Discussion about this post