कञ्चनपुर,
आकर्षिक बन्दै गएको कञ्चनपुर महेन्द्रनगर पार्कमा यस बर्ष सरस्वती पुजा हुने भएको छ ।

भीमदत्त नगरपालिका १८ महेन्द्रनगर पार्कभित्र रहेको सरस्वती मन्दिरमा हरेक सरस्वती पुजाका दिन सरस्वती पुजा हुँदै आएको थियो । तर, ०७६ साल कोरोना महामारीदेखि यता पुजा हुन पाएको थिएन अहिले पुजा हुने भएको छ ।
महेन्द्रनगर पार्क व्यवस्थापनको नेतृत्व गरेका भीमदत्त नगरपालिका १८का वडा सदस्य हेम बहादुर बस्नेतले यस बर्ष १२ माघमा सरस्वती पुजाको तयारी भईरहेको बताए ।
‘पार्क भित्र रहेको सरस्वती मन्दिरमा फोहोर भरिएको थियो, ‘उनले भने, ‘दमकल ल्याएर प्रारम्भिक सरसफाई गरेका छौँ ।’ व्यवस्थित बन्दै गएको पार्कभित्र सरस्वती पुजा हुने भएपछि विद्यार्थी समेत उत्साहित भएका छन ।

Discussion about this post