खेलकुद समितिका अध्यक्षहरुले लिए सफत तथा नियुक्ति

बेलडाँडी,

कञ्चनपुरका पाँच पालिका खेलकुद समितिका अध्यक्षहरुलाई सफत ग्रहरण तथा नियुक्ति दिइएको छ ।

 

बेलडाँडी, बेलौरी, लालझाडी, कृष्णपुर र भीमदत्त पालिका खेलकुद समितिका अध्यक्षहरुले आज एका कार्यक्रमका माझ सफत तथा नियुक्ति बुझेका छन् । जिल्ला खेलकुद समतिले पाचँ पालिका खेलकुद समितिका अध्यक्षहरुलाई नियुक्ति तथा सफत खुवाइएको जिल्ला खेलकुद समितिका उपाध्यक्ष कैलाश चन्द्र गिरीले जानकारी गराउनु भयो ।

उहाँका अनुसार पालिकाबाट जिल्ला खेलकुद समितिमा अनुमोदनका लागि नामावली सिफारिस भएपछि जिल्ला खेलकुद समितिको बैठकले सिफारिस नामावलीलाई अनुमोदन गरेको बताए ।

बेलडाँडीबाट नारायण सिह ठगुन्ना, बेलौरीबाट रामेश्वर न्यौपाने, लालझाडीबाट प्रकास राना, कृष्णपुरबाट प्रकास बहादुर खडका र भीमदत्त नगरपालिकाबाट शरद चन्दलाई पालिका खेलकुद समितिको अध्यक्षको नियुक्ति तथा सफत खाएका हुन । जिल्ला खेलकुद समिति कञ्चनपुरका अध्यक्ष कुवेर खडकाले नियुक्ति तथा सफत खुएका थिए ।

नयाँ अध्यक्षहरुले आफ्नो पालिकाहरुमा खेलकुद विकास समिति तुरुन्त विस्तार गरिने बताएका छन् । पालिकाहरुमा खेलकुद समिति विस्तार हुनथालेपछि स्थानीय खेलाँडी खेलप्रेमी युवाहरु हर्षित भएका छन् । खेलकुदको क्षेत्रमा अव पालिकाहरुले फड्को मार्ने युवाहरुको बुझाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित