बेलडाँडी,
नेकपा एमालेले बेलडाँडी लगायत कञ्चनपुरका सबै पालिका स्तरका अगुवा नेता कार्यकर्तालाई प्रशिक्षण गरेको छ । एमालेले एकैदिन आज शनिबार कञ्चनपुरका सबै पालिकामा नेता कार्यकर्तालाई प्रशिक्षण गरेको हो । बेलडाँडी, बेलौरी, लालझाडी, पुनर्वास, कृष्णपुर, शुक्लाफाँटा, बेदकोट, भीमदत्त र दोधाराचाँदनीमा एक साथ भेला तथा प्रशिक्षण दिइएको थियो ।
एमाले कञ्चनपुरका नेता एव भीमदत्त नगरपालिका अध्यक्ष हिमाल चन्दले एकसाथ जिल्लामा रहेका पालिका नेता कार्यकर्तालाई प्रशिक्षण गरेको बताए । एमाले भीमदत्त नगरका अध्यक्ष चन्दले भीमदत्त नगरमा एमाले नेता लिलाधर भट्ट, भक्त बहादुर अधिकारीले निर्वाचन लक्षित प्रशिक्षण गरेको जनाए । एमाले बेलडाँडीका युवा नेता विक्रम थापाले बेलडाँडीमा एमाले केन्द्रीय सदस्य कमला बोहरा एमाले नेता विष्णू अवस्थी र खेम सुवेदीले प्रशिक्षण गरेको बताए । जिल्लाभरी पालिका स्तरका नेता कार्यकर्ता प्रशिक्षण गर्दैं एमालेले चुनावमा होमिन आब्हान गरेको छ ।
नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित रहेर सातै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम तय गरे अनुरुप कार्यक्रम अघि बढेको हो ।
आगामी २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने तयारी सरकारले थाले पछि निर्वाचनलाई पार्टीका पक्षमा पार्नका लागि मातहत कमिटी, नेता तथा कार्यकर्तालाई तयारी हालतमा राख्नका लागि कार्यक्रम आयोजना गरिएको एमालेले जनाएको छ ।
प्रशिक्षणका विषयहरुः-
क) दशौं राष्ट्रिय महाधिवेशन र विधान महाधिवेशनबाट पारित सिद्धान्त, कार्यक्रम र कार्यदिशा
ख) सबल, गतिशील र अनुशासित पार्टी निर्माणः राजनीतिक, सङ्गठनात्मक र शैलीगत विषयहरु
ग) स्थानीय तहमा हाम्रा पाँच वर्षः उपलब्धि र अनुभवहरु
घ) स्थानीय तह निर्वाचनको तयारीः राजनीतिक, कानुनी र व्यवहारिक पक्षहरु
Discussion about this post