बेलडाँडी,
माओवादी परित्याग गरि काँग्रेस भएका बेलडाँडीका युवा नेता शाहलाई नेपाली कांग्रेस क्षेत्र नं.१ ले क्षेत्रीय सदस्यमा मनोनित गरेको छ ।
नेपाली काँग्रेस कञ्चनपुर क्षेत्र नं.१ क्षेत्रीय सभापति गोपी प्रसाद उपाध्यायले हस्ताक्षर गरेको मनोनयन पत्रमा युवा नेता चेत बहादुर शाहलाई क्षेत्रीय सदस्यमा मनोनित गरेको उल्लेख गरिएको छ ।
नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्य समिति क्षेत्र नं.१ कञ्चनपुरको लेटरहेडमा शाहलाई पठाइएको पत्रमा यस्तो उल्लेख गरिएको छ ।
श्री चेत बहादुर शाह ज्यू बेलडाँडी गा.पा. –१
विषयः– क्षेत्रीय सदस्य मनोनयन सम्बन्धमा ।
नेपाली काँग्रेसको विधान २०१७ (संसोधन र परिमार्जित २०७५) ले दिएको अधिकार बमोजिम तपाईलाई नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्य समिति कञ्चनपुर क्षेत्र नं. १ को सदस्य पदमा मनोनित गरेको छु । तपाइले नेपाली काँग्रेसको आर्दश, सिद्धान्त, मुल्य मान्यता तथा विधान, निति र निर्णयको अधिनमा रहि कार्य सम्पादन गर्नु हुनेछ । तपाइको अनुभव योग्यता र क्षमता नेपाली काँग्रसको हितका लागि उपयोगी हुनेछ भन्ने विश्वासका साथ सदस्य हुनु भएकोमा हार्दिक बधाइ तथा शुभकामना व्यक्त गर्दछु ।
जय नेपाल ।
गोपी प्रसाद उपाध्याय (सभापति)
Discussion about this post