बेलौरीकी अविवाहित बालिकाले अवैध गर्भबाट बच्चा जन्माईन्

113
VIEWS

कञ्चनपुर,
कञ्चनपुरको बेलौरी नगरपालिकाकी १५ एक बालिकाले अवैध गर्भधारणबाट बच्चा जन्माएकी छिन ।

 

बेलौरी नगरपालिका ८ कञ्चनपुरकी बालिकाले अवैध गर्भधारणबाट बच्चा जन्माएकी हुन । ति बालिकाले ३ माघ घरमै बच्चा जन्माएपछि घटना बाहिरिएको हो । उनीबाट छोरा जन्मिएको छ ।

 

उतिबेला परिवारले बुहारीको छोरा जन्मिएको भन्दै गाँउघरमा हल्ला चलाएका थिए । समाजिक बेईजतीका डरले बालिकाले यौनसम्बन्ध बारे कुरा कसैलाई बताएकी थिईनन ।
विवाह नभएको अवस्थामा कसरी बच्चा जन्मिएको भन्दै उक्त घटना संस्कास्पद रहेको पाईएको छ । नाबालिका त्यसमा पनि अविवाहितले बच्चा जन्माएपछि उनी बलात्कृत भएको ठहरिन्छ ।

मुलुकी अपराध संहिता अनुरुप कुनैपनि बालिकाको उमेर नपुुगेको अवस्थामा उसको सहमती लिएर पनि यौनसम्पर्क गर्न नपाईने भएपनि त्यस बिरुद्धमा ति बालिकालाई गर्भधारण गराउने कार्य स्वत बलात्कार ठहरिने कानुन व्यवसायीको भनाई छ ।

 

परिवारले भने घटना लुकाउन खोजेका छन । तर स्थानीयले घटना रहस्यमयी भएकाले घटनाको छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन । गत बैशाखमा ति बालिकाका भिनाजु नाता पर्ने भारतको बरेलीका दयाराम गुप्तासंग भाग्ने क्रममा उनलाई रोकिएको थियो ।

 

उमेर नपुगेपछि बालिकालाई परिवारको जिम्मा लगाईएको थियो । गर्भ रहेको सात महिना पछि मात्रै थाहा पाएको बालिकाले प्रहरी समक्ष बयान दिएकी छिन । बालिका परिवारले अहिले गुप्ता बिरुद्धमा उजुरी दिएका छन । तर, उक्त घटनामा गुप्ता नै हुन वा अरु कोही भन्दै डिएनए परीक्षण गरेर बालिकाको बाबु पहिचानमा जोडदिएका छन ।

ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी इन्चार्ज दान बहादुर भण्डारीले घटना बारे अनुसन्धान भईरहेको बताए । ‘बालिकाले हामीसंगको बयानमा भिनाजु नाता पर्ने युवकको बच्चा हो भनेर भनेकी छन्, पीडीत परिवारले अहिले जाहेरी दिएका छन,’ प्रहरी निरीक्षक भण्डारीले भने, ‘आरोपीको खोजी भइरहेको छ ।’

 

प्रहरीले बालिकासंग सोधपुछ गर्ने क्रममा भिनाजु नाता पर्ने भारतीय नागरिक दयाराम गुप्ताको बच्चा भएकोे बयान दिएकी छिन । घटनाले बालिका, उनको परिवार जन्मिने बच्चा संकटमा परेका छन । कानुन अनुरुप बालिका बलात्कृत भएकी छिन । भने अर्कारित समाजिक बेईजतीले बालिका र शिशुको भविष्य चौपट पर्ने चिन्ता व्यक्त गरिएको छ ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार