कञ्चनपुर,
जंगली बँदेलको आक्रमणबाट कञ्चनपुरमा ५ जना घाइते भएका छन्। कञ्चनपुरको बेदकोट नगरपालिकामा जङ्गली बँदेलको आक्रमणबाट पाँच जना घाइते भएका हुन्।
बँदेल बेदकोट नगरपालिका विभिन्न बस्तीमा पसेर स्थानीयलाई आक्रमण गरेको वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक चन्दले आफ्नो फेसबुक मार्फत जानकारी दिएका छन्। उनका अनुसार बँदेल बस्तीमा आएर आक्रमण गरी ५ जनालाई घाइते बनाएको बताए। घाइतेमध्ये ४ जनाको महाकाली अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेमा बेदकोट–२ का ६२ वर्षीय शोभी कोली र ६० वर्षीय डम्मर लुहार, वडा न ३ का पदमा कुँवर र वडा न १० का १४ वर्षीय शारदा भट्ट छन्। एक जना भने सामान्य घाइते भएकाले घरमै उपचार गराइरहेको स्थानीयले बताएका छन्।
Discussion about this post