रातिको आठ नबज्दै गाउँमा जंगली हात्ती आतंक, सरोकारवाला सुन्दैन पिडितका कुरा

बेलडाँडी,
कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीमा पछिल्ला प्रत्येक रात हात्तीले आतंक मचाउदै आएको छ ।

बेलडाँडी गाउँपालिका वडा नं.२ को गौडी डाडा क्षेत्र र वडा नं.५ को भुर्षा क्षेत्रमा दैनिक हात्तीले बालीनाली सखाप पार्नुका साथै आतंक मचाइरहदा समेत सरोकारवाला निकाय कानमा तेल हालेर सुतेकै हुन्छ ।

विहिवार साझ आठ बजे जंगली १ हात्ती बेलडाँडीको गौडी गाउँमा पस्ता धेरै किसानहरुको बालीनाली कुचिलिएर सखाप पारिदिएको छ । बालिनाली सखाप पार्नुका साथै हात्ती गाउँपस्दा ज्यान जोगाउन धौ धौ परेको छ । हात्तीले आतंक मचाउने ठाउँभन्दा ३ सय मिटरको दुरीमा शुक्लाफाँटा बन्यजन्तु निकुञ्ज कार्यालय मातहतको बेलडाँडी रेञ्जर पोष्ट छ तर रेञ्जरपोष्टबाट हात्ती भगाउने कुनै प्रयास नहुदा स्थानीय झिन चिन्तिति बनेका छन् ।

स्थानीयका अनुसार रातीको समय धेरै हो हल्ला गर्दा समेत उनीहरु सुनिदिदैनन, कुन दिन हात्तीले आफुहरुको ज्यान लिनेहो पत्तो छैन् एक बृद्ध स्थानीयले भावुक हुदै भने जंगली जनावरबाट आफुहरुलाई ठुलो सास्ती भएको तर निकुञ्जका कारण आफुहरुलाई कुनै फाईदा नभएको उनले बताए । फाइदा हुन्छ त गाउँ भित्र बस्नेलाई हुन्छ, हामीले त दुःख मात्र पाउनु हो ।

हात्ती लगायतका जंगली जनावर बाट बच्न अव निकुञ्ज किनारका आम नागरिकहरुलाई तालिम दिनुपर्ने अर्का स्थानीयले भने । आपत्कालिन अवस्थामा कसरी कुन जनवारबाट बच्न सकिन्छ भन्ने बारे ज्ञान हनु आवश्यक देखिन्छ । आवश्यक बच्ने उपाय नजान्दा धेरैले ज्यान गुमाउनु परेको उनीहरु बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित