कञ्चनपुर,
मंगलबार जंगली हात्तीको आक्र्रमणबाट घाईते भएकी महिला ललु सार्कीको उपचारमा समस्या भएको छ ।
आर्थिक अभावका कारण सार्कीको उपचारमा समस्या भएको हो । लालझाडी गाँउपालिका ६ ढक्का शिबिरमा बस्दै आएकी सार्कीको उपचारमा प्रर्याप्त पैशा नहुँदा उच्च स्तरमा लैजान नसकिएको उनको परिवारजनले बताएको छ ।
घाईते भएकै दिन परिवारले स्थानीय बेलौरीको ईसान मेमोरियल अस्पताल लगेका थिए । त्यहाँ उपचार सम्भव नभएपछि धनगढी स्थित निसर्ग निजी अस्पताल लगिएको थियो ।
निजी अस्पताल भएकाले खर्च धेरै आउन थालेपछि परिवारले सेती अस्पताल सारेका छन । घाईते सार्कीका छोरा भरत सार्कीले आर्थिक अभावका कारण उपचारमा समस्या भएको बताए । उनले ठुलो रकम नहुँदा उच्च अस्पतालमा लैजान नसकिएको र भएको निजी अस्पतालबाट समेत सरकारी अस्पतालमा ल्याउन बाध्य भएको बताए ।
‘आमाको गम्भिर चोट अनुरुप हामीसंग ठुला अस्पतालमा लैजान पैशा छैन, ‘उनले भने, ‘यही सरकारी अस्पतालमै थन्क्याएका छौँ ।’
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले खरियो पुर्जी खोलेपछि सार्की खरियो काट्न जंगलगएकी थिईन । यसरी आर्थिक अभावमा जंगली हात्तीको आक्र्रममा परी महिला मृत्युको मुखमा पुग्दा समेत जिम्मेबार निकाय मौन र नजर समेत लगाएका छैनन ।
देशका तीन तीन सरकार छन, महिला, दलित महिला, दलित मानिसको पक्षमा चर्का भाषण गर्ने अभियन्ता समेत चुपचाप लागेका छन । कुनै कुनै विषयमा मानव अधिकार दलित, अधिकार भन्दै ठुल ठुला कुरा गर्ने अभियन्ताहरु सहित सरकार मौन बसेको घाईते सार्की परिवारले दुखेसो पोखेको छ ।
चुनावका बेला घरमै आए ढोक दिने दलका नेताहरु चुनाव जितेपछि ललुलाई भेट्न समेत नआएका घाईते परिवारको दुखेसो छ । चुनावका बेला मत दिन रातदिन दैलो चहार्ने नेताहरु चुनाव जितेपछि के छ, कस्तो छ भन्दै कसैले पनि चासो देखाएका छैनन । गरिब भएपनि कोही नहेर्दा रहेको पीडित परिवारले महसुस गरेका छन ।
कञ्चनपुरकी महिला अधिकारकर्मी माया नेगीले हात्तीबाट आक्र्रमणमा परी घाईते भएकी महिलाको उपचारका लागि आफ्नो तर्फबाट र तीनै सरकारले चासो दिनुपर्ने बताई । ‘म मेरो तर्फबाट सक्दो पहल गर्छु, ‘उनले भनिन, ‘हामीले यो घटना भएकै दिनदेखि विभिन्न कोणबाट पहल गरिरहेकैछौँ ।’
हालै स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएकी तोसिमा कार्कीले समेत अब कुनैपनि नेपाली आर्थिक अभावमा मर्नु पर्ने अवस्था अन्त्य गर्ने बताईरहेका बेला कञ्चनपुरकी महिला हात्तीबाट आक्र्रमण भएर मृत्युको मुखमा पुग्दा समेत चासो समेत नदिएकी छैनन ।
कञ्चनपुरमा हरेक महिना जंगली हात्तीले मानिस लगायत भौतिक अन्नबालीमा क्षति गर्न थालेपछि त्यसको रोकथामका लागि सरकारी निकाय उदाशिन रहेका छन । भने प्रयास समेत कागजमा सीमिति छ ।
गत १९ पुषमा शुक्लाफाँटा नगरपालिका १२ कालागौडीको ४४ बर्षिया जित बहादुर भाटमाथि आक्रम्रण गरेको महिना दिन नपुग्दै जंगली हात्तीले रत्नामाथि आक्र्रमण गरेपछि स्थानीय त्रसित भएका छन । भाट उपचारपछि घर फर्किएका छन ।
हात्तीको आक्र्रमणबाट मानिसको मृत्यु भएका १० लाख पाईने प्रावधान भएपनि कुनै पहुँच नभएकालाई निकुञ्जमा बसेको आनेकन आरोप लगाए नदिएको उदाहरण छ । केही बर्ष अघि आरक्षपीडित शिबिरमा बस्दै आएका एक मानिसको मृत्यु हुँदा निकुञ्ज प्रशासनले किरिया खर्च बाहेक केही नदिएको र मानिसको समेत दर्जा बर्गिकरण गरेर पाउने राहत समेत नपाएको दुखेसो पोखिएको छ ।
Discussion about this post