रवि लामिछानेको प्रतिक्रियाः अदालतको फैसलाको स्वागत गर्छु

50
VIEWS

काठमाडौं,
राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले सर्वोच्च अदालतको फैसलाको स्वागत गर्ने प्रतिक्रिया दिएका छन् ।

 

अदालतको फैसलापछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।‘सर्वोच्चको फैसलालाई स्वागत गर्छु, स्वीकार गर्छु’, उनले भने, ‘सर्वोच्च भन्दा माथिल्लो निकाय पनि कुनै छ र ?’

 

उनले अदालतको फैसलासँगै आफू राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पनि नरहेको बताए । अब परिवर्तनको आन्दोलन कसरी अघि बढ्छ भन्ने प्रश्नमा उनले सबै प्रश्नहरुको आफूसँग अहिले जवाफ नरहेको बताए । उनले आफूलाई अनागरिक बनाइएको पनि बताए ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार