बेलडाँडी,
कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेसका लागि शुक्रवार सम्म प्रवेश रुट संचालनमा ल्याउने तयारीमा पालिका जुटेको छ ।
निकुञ्ज भित्र अवलोकनका लागि एक मात्रै प्रवेसद्वारा भएकाले त्यसको विकल्पमा दक्षिणी क्षेत्र बेलडाँडीबाट समेत प्रवेस रुट शुक्रवार सम्म सञ्चालनमा ल्याउने तयारी भइरहेको बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले जानकारी गराउनु भयो ।
सनिवार बेलडाँडी गाँउपालिका अध्यक्ष रानाको सभापतित्वमा बसेको ४ स्थानीय सरकार सहित सरोकारवालासंगको छलफलमा सबै पक्षबाट सहयोग भए आउदो शुक्रवार २० गते सम्म प्रवेश रुट सञ्चालनमा ल्याउने उहाँले बताउनु भयो ।
बेलौरीमा भएको दोस्रो छलफलमा सरोकारवाला निकायका प्रतिनिधीले निकुञ्जलाई पर्यटकीय थप गन्तव्य बनाउनका लागि बेलडाँडी हुँदै प्रवेसका लागि चौधर खोलामा तत्काल अस्थायी पुल निर्माणमा जोड दिएका छन । चौधर खोला सहित निकुञ्ज भित्रको सानो खल्लामा ह्मपाईम हाली गाडी आवत जावत गर्न मिल्ने बाटो तयार गर्नका लागि सबैपालिका देखि सहयोग गर्ने प्रतिवद्धता आए पछि बेलडाँडी गाउँपालिका काम गर्न अग्रसर भएको हो ।
धनगढी विमानस्थलदेखि बेलडाँडी झण्डै ४५ किलोमिटर पश्चिममा बेलडाँडी रहेको छ । विभिन्न स्थानबाट निकुञ्ज घुम्न आउने पर्यटककालागि उक्त दक्षिणी भएर सहज गन्तव्य हुने भन्दै सरोकावाल निकायले बेलडाँडीदेखि प्रवेसद्वार खोल्नुपर्नेमा जोडदिदै आएका थिए ।
धनगढी विमानस्थलदेखि दक्षिणी भएर निकुञ्ज अवलोकनका लागि पर्यटकहरुलाई समेत सहज हुने भएकाले बेलडाँडीदेखि प्रवेसद्वार बनाउनुपर्नेमा पालिका लागि परेको रानाले बताए । रानाले भने प्रवेशद्धार सञ्चलनमा ल्याउनका लागि सबै सरोकारवाला एकमत भएको बताउदै यो बेलडाँडी बासीहरुका लागि सौभाग्य भएको बताए ।
छलफलमा बेलडाँडी गाँउपालिका प्रमुख हरिचन्द्र राना सहित बेलौरी नगरपालिका प्रमुख पोतिलाल चौधरी, लालझाडी गाउँपालिकाका प्रमुख निर्मल राना, बेलाैरी उप प्रमुख जोगराम चाैधरी, बेलडाँडी प्रवक्ता गज बहादुर बिष्ट, बेलौरी उद्योग वाणिज्य अध्यक्ष टेक बहादुर साउद सहित संघका पदाधिकारी, नेपाल एसोसिएसन अफ टुर तथा ट्राभल्स एजेन्सी(नाटा), राजनितिकर्मी, निकुञ्ज कार्यालयका रेञ्जर निम चाैधरी, पर्यटन व्यवसायी सहितको सहभागि रहेको थियो । छलफलमा सहभागिहरुले बेलौरीमा बलौरी उद्योग बाणिज्य संघले यही २६ गते देखि संञ्चालनमा गर्ने कृषि व्यापारीक मेलालाई लक्षित गरी प्रवेश कार्य संचालनमा ल्याउनुपर्नेमा जोड दिए ।
३०५ बर्ग किलोमिटरमा फैलिएको निकुञ्जको मुख्य फाँटा क्षेत्र अवलोकनका लागि स्वदेश तथा विदेशी पर्यटक दक्षिणबाट भित्र्राउन सके पर्यटन क्षेत्रले फट्को मार्ने अपेक्षा राखिएको छ । यस अघि पनि बेलडाँडीको कालिकिचमा निकुञ्ज प्रवेसका लागि द्वार संचालनका लागि तत्तकालिन वनमन्त्री शक्ति बहादुर बस्नेतले शिलान्यास गरेका थिए । अब रुट संचालनमा ल्याउने सरोकारवाला पक्षले यस अघि प्रतिबद्धता जाहेर गरेका थिए ।
प्रवेश रुट सञ्चालनमा आउने भएपछि स्थानीय हर्षित भएका छन् ।
Discussion about this post