बेलडाँडीमा भोलिदेखि भेट्रान खेलाडी छनोट हुने

129
VIEWS

बेलडाँडी,
भेट्रान कप फुटवल प्रतियोगितामा टिम सहभागि गराउन बेलडाँडी गाउँपालिकाद्धारा खेलाडी छनोट सूचना जारी गरिएको छ ।

केहिदिन पहिला मात्र खेलकुद समितिको अध्यक्ष पाएको पालिकाले पछिल्लो समय खेलकुदलाई विशेष तरिकाले हेर्न थालेको छ । प्रत्येक अन्य ठाउँमा भेट्रान कप सञ्चालन हुदै आउने गरेकाले बेलडाँडीमा समेत भेट्रान कप फुटवल प्रतियोगिताका लागि टिम छनौट प्रकृया अघि सारेको छ ।

पुनर्वास नगरपालिका वार्ड नं १ शान्ति युवा क्लबको आयोजनामा “३५ पारि अझै पनि खेलप्रति मेरो लगाव र जिम्मेवारी” भन्ने नाराका साथ प्रथम शान्ति भेट्रान कप फुटवल प्रतियोगिता यही माघ २१ गतेदेखि सञ्चालन हुने र उक्त प्रतियोगितामा बेलडाँडीको टिम सहभागि गराउनका लागि पालिकाले टिम छनौट गर्न सूचना जारी गरेको हो ।

बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले भेट्रान कप फुटवल प्रतियोगितामा सहभागि गराउनका लागि खेलकुद विकास समितिका अध्यक्ष ठगुन्नालाई निश्पक्ष टिम छनौट गर्ने जिम्मेवारी दिदै खेलकुद विकासका लागि गाउँपालिकाबाट हुने सहयोग सधै रहिरहने जनाउनु भयो ।

पालिका भित्रका ३५ वर्ष कटेका इच्छुक खेलाडीहरुले २०७९ माघ १७ गते साँझ ४ बजे सम्म बेलडाँडी खेलकुद समितिका अध्यक्ष नारायण सिंह ठगुन्नालाई सम्पर्क गर्नका लागि सूचना जारी गरेको छ । खेलाडी छनोट रौलेश्वर माविको खेलमैदानमा गरिने जनाइएको छ । भेट्रान कपका लागि टिम छनौट गर्न पालिका अग्रसर भएपछि ३५ कटेका खेलाडीहरु उत्साहित भएका छन् । खेलकुदका लागि पालिकाको यो कदमलाई स्थानीयले सकारात्मक तरिकाले लिएका छन् ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार