बेलडाँडी,
क्यान्सर रोगबाट पीडित कञ्चनपुर बेलडाँडीका एक युवालाई सोही पालिकाका अर्का मनकारी युवाले आर्थिक सहयोग गरेका छन ।
क्यान्सर रोग लागेपछि आर्थिक अभावमा मुत्यु कुरिरहेका बेलडाँडी गाँउपालिका २ चन्दनबस्तीका २८ बर्षिया महेश सुनारको उपचारका लागि सोही गाँउपालिका २ बेलडाँडीकै पदम बहादुर सिंहले आर्थिक सहयोग गरेका हुन ।
सिंहले सुनारको उपचारका लागि ५ हजार ५ सय सहयोग गरेका हुन । बेलडाँडीका युवा सिंहले समाचार समाजिक सञ्जालमा पिडितको अवस्थाका बारेमा देख्दा, बुझदा भित्रि आत्मैबाट मन भक्कानिदै पिडितलाई राहत पुगोस् भन्ने उदेश्यका साथ सहयोग गरेको बताउदै यस कार्यमा सबैले सक्दो सहयोग पुर्याए उपचारमा टेवा पुग्ने सिंहको भनाई छ । आफ्नो तर्फबाट मानविय सेवाका लागि सक्दो सहयोग गरेको बताए । रोजगारीको सिलसिलामा हाल दुबईमा ४ बर्ष देखि बस्दै आएका उनले नेपाल सशस्त्र प्रहरीमा ७ बर्ष सेवा समेत गरेका थिए । यस्ता कार्यमा सधै आफ्नो तर्फबाट हुने सहयोगको ढोका खुल्ला रहने मनकारी सिंहले बताए ।
चुनावका बेला युवा र दलितका मुद्दा उठाउने राजनीतिक दल, सरकार एव वडादेखि केन्द्रसम्मका जनप्रतिनिधीले वेवास्ता गरेको सुनार परिवारको दुखेसो छ । सरकारले क्यान्सरका बिरामीलाई ‘विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका २०७५ अन्तर्गत विपन्न नागरिक कोषबाट एक लाख रुपैयाँ दिँदै आएको छ ।
यो रकम क्यान्सर उपचारका लागि हात्तीको मुखमा जिराजस्तै हो । सुनार परिवारले सहयोगका लागि एनएमबी बैक महेश सुनारकै ११८०१९६१०९५०००१६ खाता नम्बरमा सक्दो रकम सहयोगका लागि अपिल गरेका छन ।
लामो समय भारतमा उचार गराई आर्थिक रुपमा निकै कमजोर भईसकेका सुनार अहिले चितवनको भरतपुर स्थित बिपि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारत रहेको र अस्पतालमा नियमित रुपमा उपचार गर्नुपर्ने भएकाले खर्चको अभावमा उपचारमा समस्या हुन पुगेको छ ।
Discussion about this post