कञ्चनपुर,
सीमावर्ती कैलाली–कञ्चनपुर तस्करीको चुङ्गोलबाट रुमलिएका जिल्लामा नेपाल प्रहरीका माथिल्ला हाकिमले शुरुवाती दिनमा समान बरामद गर्ने र लाईन मिलेपछि तस्करी गर्न दिने परम्परता तोड्नका लागि सुदूरपश्चिम प्रहरी नेतृत्व सकृय भएको छ ।
सुदूरपश्चिम प्रहरी प्रदेश कार्यालय प्रमुखको जिम्मेबारी पाएका प्रहरी नायब महानिरीक्षक(डिआईजी) अशोक सिहले तस्करीको सञ्जाल तोड्नका लागि तस्कर समुह बिरुद्धमा विशेष अप्रेसन नै चलाएका छन ।
एक महिनादेखि कैलाली कञ्चनपुरमा विगतमा प्रहरीलाई लाईन दिएर तस्करी गर्दै आएका तस्कर समुहमाथि डण्डा बजाउँदै प्रहरीले सकृयतापुर्वक अवैध समान बरामद गर्दै भन्सार चलान गर्दै आएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख सिहले पटक पटक मातहतका निकायलाई तस्करी बिरुद्धमा निर्मम सुन्य सहनशिलतामा काम गर्न निर्देशन दिएसंगै तस्कर समुह तह लगाउने काममा प्रहरी सफलतातर्फ उन्मुख भईरहेको छ ।
यस दैनिकले गत साता प्रहरीले तस्करका अवैध समान बरामद गर्द, तर तस्करीमा संलग्न व्यक्ति तस्कर समुह पक्राउ गर्दैन् भनेर समाचार प्रकासित गरेको सातामै प्हरीले तस्कर समुह सहित अवैध समान बरामद गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले तस्करीमा संलग्न मानिस सहित बरामद गरेको जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक भरत बहादुर चौधरीले राजस्व छली तस्करी नियन्त्रणका लागि तस्करीमा संलग्न मानिस सहित पक्राउ गरी भन्सार चलान गरिएको बताए ।
कैलालीको त्रिनगर र भन्सार चोली छलेर भारतबाट समान ल्याईरहेको अवस्थामा एक भारतीय सहित तीन जनालाई प्रहरीले पक्राउ गरी भन्सार चलान गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार भारत लखिमपुरखिरीका अमन गुप्ता, बडीमालिका ३घर भई हाल धनगढी बस्दै आएका सुरज बोहरा सहित समान बरामद गरेर भन्सार चलान गरिएको छ ।
भारतीय नागरिक अमन गुप्ताले चलाएको यूपी३१एबी४६५८ र बोहराले चलाएको से३प ५५१ नम्बरको मोटरसाईकलमा समान ओसारिरहेको अवस्थामा पक्राउ गरिएको हो । उनीहरुको साथबाट सुटसारी गरी १लाख ४५ हजार बराबरको समान बरामद गरिएको छ । भने, टीकापुर ९ बालुवाटार नजिक रोडबाट सुपप्र ०१०१०प ८१७ नम्बरको मोटरसाईकल सहित ६२ हजार बराबरको टेक्टरका पाटपुर्जा बरामद गरिएको छ ।
ईलाका प्रहरी कार्यालय गड्डाचौकीका इन्चार्ज देवसिह बुढालको नेतृत्वमा १० हजार ५ सय बराबरको अवैध समान बरामद गरिएको छ । सिङगमशैलीमा जुँगा पालेका डिआईजी सिहले सुदूरपश्चिममा गैर कानुनी गतिबिधी, तस्करी राजस्व छली जस्ता गैर कानुनी गतिबिधी गर्ने जो कोहीमाथि कार्बाही मातहकका निकायलाई निर्देशन दिएसंगै सीमावर्ती कैलाली, कञ्चनपुर सहितका प्रहरी तस्करी नियन्त्रणमा युद्धस्तरमा खटिएका छन ।
राजस्व छलीकै कारण कैलाली कञ्चनपुर भन्सारले लक्ष्य अनुरुप यस अघिका आर्थिक बर्षमा भन्सार राजस्व संकलन गर्न नसकेको अवस्थामा चालु बर्षमा पुरा हुने अपेक्षा गरिएको छ । डिआईजी सिहले राजस्व छली बिरुद्धमा गरेको स्वच्छ अप्रेसन निरन्तर चल्नुपर्ने त्यो हुन नसके कम्तिमा पनि आफ्नो पुरै कार्यकालमा निरन्तरता दिनुपर्ने नागरिकको अपेक्षा छ ।
विगतमा चौकी, ईप्रका, जिप्रका र प्रदेश प्रमुखको जिम्मेबारीम आएका प्रहरीले आ–आफ्नो क्षेत्रमा कडाई गर्ने लाईन मिलेपछी तस्कर हुन दिने विगतको परम्परा तोड्ने प्रयासमा डिआजी सिह रहेका छन ।
Discussion about this post