पुनर्वास,
कञ्चनपुरको पुनर्वासमा रहेको भागेश्वर चिनी मिलको प्रदुषण न्यूनीकरण गर्न त्रिपक्षिय सहमति भएको छ ।
चिनी मिल, स्थानीय सरकार रप्रभावित स्थानीय सरोकारवालाहरु विच प्रदुषण न्यूनीकरणका बिषयमा सहमति जुटेको हो । पुनर्वास नगरपालिकामा अस्ती भएको छलफलमा सहमति भएको नगरपालिकाले जनाएको छ । पुनर्वास नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिकी संंयोजक भुलिया रानाको अध्यक्षतामा गरिएको छ्लफलमा न्यनिकरणका विषयमा तिनै पक्ष सकारात्मक भएका हुन् । मिलले आफ्ना कारण हुन लागेको प्रदुषणलाई न्युनिकरण गरेर जाने भनेपछि सहमति भएको हो ।
छलफलले भागेश्वर चिनी मिलबाट उत्पादन भएका फोहोर न्यूनीकरण गर्न अर्को बर्ष ईटिपी प्लाण्ट जडान गरेर मात्र मिल सञ्चालन गर्ने, फोहोर प्रभावित पुनर्वासका २,५,७,८ र ९ वडाहरुमा सचेतनामूलक कार्यक्रमका साथै किटनाशक औषधि छर्ने र वितरण कार्यक्रम गरिने, अर्को बर्ष EIA र IEE रिपोर्ट स्थानीय सरकारलाई पेश गरेर मात्र मिल सञ्चालन गर्ने, EIA र IEE रिपोर्ट पेस नगरेसम्म आउँदो बर्ष मिल सञ्चालन गर्न नपाईने, आगामी वर्ष मिल सञ्चालन पूर्व किसानको हक हितका लागि नगरपालिकाको पहलमा समिति निर्माण गर्ने, भागेश्वर चिनी मिलले किसानबाट काटेका हालसम्मको रकमको आयव्यय सार्वजनिक गर्नुपर्ने र चिनी मिलले स्थानीय स्तरमा लगानी गर्दा स्थानीय सरकारसंग समन्वय गरेर मात्र लगानी गर्ने लगायतका निर्णयहरु गरिएको छ ।
कार्यक्रममा भागेश्वर चिनी मिलका जि.एम.द्वारिकानाथ पाण्डे, पुनर्वास नगरपालिकाका योजना अधिकृत शंकर बोगटी, पुनर्वास नगरपालिकाका वातावरण विपद व्यवस्थापन सम्पर्क व्यक्ति ओमनाथ ढकाल,अधिकृत डम्बर खडका,पुनर्वास उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष भरत बहादुर बिष्ट र समाजसेवी विन्दु श्रेष्ठ, स्थानीय सरोकारवालाहरुको तर्फबाट अभियन्ता बिरेन्द्र तामाङ, नवोदय जीवन क्लबका अध्यक्ष तथा समाजसेवी कर्ण बहादुर ऐडी,सरोज बोगटी, गंगा थापा, विपना थापा,याम बहादुर तामाङ लगायतका व्यक्तिहरुको उपस्थिति थियो ।
हालसम्म भागेश्वर चिनी मिलबाट निस्कने फोहोरलाई उचित व्यवस्थापन नगरी खुला छोडीदिएको अवस्था छ । तरल फोहर सिधै खोलामा छाडीदिदा जल, जमीन अत्यन्तै प्रदुषित भएको छ । यसले सिमरी खोला र दोदा नदिलाई दुर्गन्धित बनाई लाखौं जनावरलाई असर पुगेको छ । साथै धुवाँ र धुलोलाई फिल्टर नगरी त्यत्तिकै छाडिदिदा चिनी मिल वरपरका बस्ती कालो खरानीले ढाकेको छ । जसका कारण स्थानीयमा स्वासप्रस्वास सम्बन्धि रोग देखा परेको छ । भर्खरै जन्मेका बालबालिका र वृद्धवृद्धामा यसले गम्भीर असर पारेको छ ।
यसरी जल, जमीन र हावा प्रदुशीत भई मानव तथा घरपालुवा जनावरको स्वास्थ्यमा गम्भीर असर पुगीरहेको छ ।
पीडित जनताले थुप्रैपटक लिखित तथा मौखिक जानकारी गराउँदा पनि नगरपालिकाले यस कुरामा कुनै ठोस पहल गरेको थिएन ।
भागेश्वर चिनी मिलको फोहोरका कारण जल, जमीन र हावा प्रदुशीत भई मानव तथा घरपालुवा जनावरको स्वास्थ्यमा गम्भीर असर पारेको र यसको उचित व्यवस्थापन हुनुपर्ने माग राख्दै पुनर्वासका स्थानीय लामो समयदेखि आन्दोलित छ्न ।





















Discussion about this post