शिवनगर,
कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका १० शिवनगरमा दोस्रो शिवनगर महोत्सव शुरु भएको छ ।
महाशिवरात्री धार्मिक मेलाका लागि दक्षिणी क्षेत्रको बहुचर्चित शिद्देश्वर शिव मन्दिर परिसरमा ‘दोस्रो शिवनगर महोत्सव शुरु भएको हो ।
शिद्देश्वर शिव मन्दिर समितिको आयोजनामा यस बर्ष समेत धार्मिक पर्यटनविकासका लागि महोत्सव शुरु गरिएको छ ।
शिद्देश्वर शिव मन्दिर समितिका अध्यक्ष राजेन्द्र प्रशाद जोशीले शिवरात्रीलाई मध्य नजरगर्दै महोत्सव आयोजना गरिएको बताए । महोत्सव उद्घाटनका दिन कलस यात्रा गरिएको थियो ।
महोत्सवको एक कार्यक्रमका विच सुदुरपश्चिम प्रदेश सभाका सभामुख भीम भण्डारीले गरेका थिए । महोत्सव उद्घाटन गर्दै सभामुख भण्डारीले सुदूरमा रहेका लोक संस्कृति परम्परा संरक्षणमा जोडदिए ।
उद्घाटन कार्यक्रममा सुदूरपश्चिमको लोक संस्कृती झल्किने भुवा नाच प्रर्दशनी, थारु सस्कृति प्रर्दशनी तथा बिबिध सास्कृतिक कार्यक्रम गरिएको थियो ।
शिद्देस्वर शिव मन्दिर समितीका सचिव पदम शाहले यस क्षेत्रमा थप धार्मिक आस्था बढाउन मदत पुग्ने बताए । महोत्सवमा विबिध सास्कृतक कार्यक्रम सहित डेउडा प्रतियोगिता हुने आयोजकले जनाएको छ ।
यसैगरि शिवरात्रीको अवसरमा भलिबल प्रतियोगिता समेत आयोजना गरेको छ । भलिबल प्रतियोगिता मङ्गलवारबाट शुरु भएको हो । प्रतियोगितामा आयोजकका २ टिमसहित १२ टिमको सहभागी छ । भलिबल प्रतियोगिताको विजेता टिमले २१ हजार र दोस्रो हुने टिमले नगद ११ हजार पाउने छ । महोत्सवले धार्मिक लोक संस्कृति, कला, खेलकुद एव विवित क्षेत्रको आयाम बोकेको छ ।
महोत्सव ७ फागुनसम्म संचालन हुनेछ । बषौँदेखि शिवनगरमा हरेक बर्ष शिवरात्री बनाउँदै आएका छन ।
Discussion about this post