कञ्चनपुर,
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू केन्द्रीय पदाधिकारीमा कञ्चनपुरबाट तीन विद्यार्थी नेता निर्वाचित भएका छन ।
अनेरास्ववियूको काठमाण्डौँमा सम्पन्न भएको २३ औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ समिति चयनका लागि भएको निर्वाचनमा कञ्चनपुरबाट केन्द्रीय पदाधिकारीमा मार्यादा विष्ट, राजेन्द्र बोहरा र सदस्यमा हिमेश थापा निर्वाचित भएका छन ।
केन्द्रीय उपाध्यक्षमा मार्यादा बिष्ट, अपाङ्गकोटाबाट स्थायी कमिटी सदस्यमा राजेन्द्र सिह बोहरा र निर्वाचन आयोग केन्द्रीय सदस्यमा थापा निर्वाचित भएका हुन । बिष्ट बेलौरी र थापा पुनर्वासका स्थानीय हुन ।
बिष्ट झण्डै दुई दशक र थापा एक दशकदेखि विद्यार्थी राजनीतिमा सकृय भएका छन । विष्ट र थापाले संगठनलाई चुस्तदुरुस्त रुपमा अघि बढाउने प्रतिबद्धता जाहेर गरेका छन । कञ्चनपुरबाट उनीमात्रै निर्वाचित भएसंगै बधाईको ओईरो छ ।
Discussion about this post