आदिवासी जनजाति महासंघ कञ्चनपुरको अध्यक्षमा श्रेष्ठ

41
VIEWS

कञ्चनपुर,
नेपाल आदिवासी जनजाति महासंघ कञ्चनपुरको अध्यक्षमा विकास श्रेष्ठ चयन भएका छन ।

शुक्रबार महेन्द्रनगरमा सम्पन्न भएको आदिवासी जनजाति महासंघ कञ्चनपुरको पाँचौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा श्रेष्ठ चयन भएका हुन ।श्रेष्ठ जिल्ला अधिवेशनबाट सर्वसम्मत भएसंगै अन्य पदाधिकारी पनि चयन भएका छन ।

बरिष्ठ उपाध्यक्ष पशुपति थापामगर, महिला उपाध्यक्ष श्रीमाया तामाङ्ग, मुख्य सचिव ईन्जिनियर रोशन चौधरी, सचिव सायब राना, कोषाध्यक्ष सानु चौधरी र सदस्यमा रिता माझी, ज्ञानु राझी, नर ब. भुजेल, सपना गुरुङ्ग, बरसिह राउटे रहेका छन ।

सुदूरपश्चिम प्रदेश सभा सदस्य बेल बहादुर रानाको प्रमुख आतिथ्य एव अर्का प्रदेश सभा सदस्य गिता चौधरी, आदिवासी जनजाती केन्द्रीय उपाध्यक्ष एव संगठन विभाग प्रमुख युवराज जिरेल रहेका थिए ।

 

नेपाल आदिवासी जनजाति महासंघ कञ्चनपुरको नेतृत्वमा चयन भएका अध्यक्ष विकास श्रेष्ठले जिल्लाभरी रहेका आदिवासी जनजातिको हक अधिकार एव राजनीतिक नेतृत्वमा पु¥याउने भूमिका निर्वाह गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार