एन–प्यावसन बेलडाँडी युनिटद्वारा सञ्चालित अध्यक्ष कप प्रतियोगिता सम्पन्न, प्रथम बेलडाँडी ग्लोबल

बेलडाँडी,
बेलडाँडीमा गाउँपालिकामा सञ्चालित अध्यक्ष रनिङ कप प्रतियोगिता समापन भएको छ । बेलडाँडी गाउँपालिकास्थित एन–प्यावसन बेलडाँडी युनिटद्वारा सञ्चालित प्रतियोगितामा बेलडाँडी ग्लोबल एकेडेमी प्रथम भएको छ ।

प्रतियोगितामा ९ स्वर्ण, २ रजत र ३ कास्य प्राप्त गर्दै बेलडाँडी ग्लोबल एकेडेमी बैवाह प्रथम भएको छ । ६ स्वर्ण ६ रजत र ४ कास्य प्राप्त गर्दै कञ्चन ग्यालेक्सी द्धितिय भएको थियो भने ४ स्वर्ण, ५ रजत र १ कास्य प्राप्त गर्दै गुरुकुल एकेडेमी तेस्रो भएको आयोजकले जनाएको छ ।


जित हाँसिल गर्ने खेलाडीलाई प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको छ । उक्त प्रतियोगितामा ७ वटा निजि विद्यालयले सहभागिता जनाएका थिए । शुक्रबारदेखि रौलेश्वर माध्यामिक विद्यालयको पाङ्गणमा गाँउपालिका अध्यक्ष रनिङ्ग खेलकुद प्रतियोगिता शुरु भई आज समापन भएको हो ।

समापन कार्यक्रमका प्रमुख अतिथि तथा बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले प्रतियोगिताको समापन समारोहलाई सम्वोधन गर्दै बेलडाँडीका विद्यार्थीहरु बसमा बसेर बेलौरी पढन जाने बातावरण के कति कारणले हुन थाल्यो के बेलौरीमा दिन सक्ने शिक्षा बेलडाँडीमा दिन नसक्ने अवस्था हो की भन्दै, निजि विद्यालय तिर प्रश्न गर्दै शैक्षिक गुणस्तरलाई बलियो बनाउनुपर्नेमा जोड दिए । निजि विद्यालयले समेत विद्यार्थीहरुका लागि लक्षित कार्यक्रम ल्याउनु पर्नेमा उहाँले जोड दिनु भयो ।


यस्तै कार्यक्रमका विशिष्ट अतिथि तथा वडा नं.५ का अध्यक्ष इन्द्र बहादुर खडकाले भने शिक्षा र खेलकुद विकासकामा कुनै पनि कञ्जुसाई नर्गनु पर्नेमा जोड दिए । खेलडाँडी भाईबहिनीहरुले प्राप्त गरेको मेडल र प्रमाणपत्रले खेलकुद विकासमा उत्पेणा दिने बताए । खेलडाँडी उत्पादनको थलो विद्यालय भएकाले शिक्षा र खेलकुदमा सबैपक्षको सहयोग हुन जरुरी रहेको बताए ।


कार्यक्रममा स्वागत मन्तव्य राख्दै एन प्याब्सन बेलडाँडीका सल्लाहकार हर्कराज जोशीले प्रतियोगितामा सहभागिता हुने सम्पुर्ण प्रति आभार व्यक्तगर्दै यस्ता आयोजना अवका दिनमा गाउँपालिकाले गर्नुपर्नेमा जोड दिए ।

एन प्याब्सन बेलडाँडी यूनियनका संयोजक तथा कार्यक्रमका सभापति गोरख बहादुर चन्दले भने प्रतियोगितालाई सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पुर्णमा आभार व्यक्त गर्दै बेलडाँडीका विद्यार्थी बेलौरी जानु चिन्ताजनक भएको बताए । बेलडाँडी युनिटले लक्षित बर्गका विद्यार्थीहरुलाई१० प्रतिशत पठनपाठनमा छुट दिदै आएको बताए । समापन समारोहलाई संचालन शिक्षक कर्ण बहादुर बुढाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित