कञ्चनपुर,
कञ्चनपुरमा निर्माणाधिन हुलाकी सडक निर्माणमा चरम लापबाही गरेपछि नेकपा बहुमत निकट युवा संगठन जनस्वयम सेवक नेपालले चेतावनी दिएको छ ।
आइतबार जनस्वयम सेवक नेपाललेबेदकोट नगरपालिकाको दैजी चोक हुलाकी सडक क्षेत्रमा कालो ब्यानर टाँसिएको छ । जनस्वयम सेवक नेपाल कञ्चनपुरका इन्चार्ज ठेकेदारले सडक निर्माणमा ढिलासुस्ती गरेकाले चेतावनी स्वरुप कालो ब्यानर टाँसिएको बताए ।
उनले अहिले शिघ्र निर्माणको माग अघि सारेर दुवै निर्माण कम्पनीको नाम संचाकल सहितको सम्पर्क नम्बर राखेर चेतावनी दिईएको बताए । अनेकन बहाना बनाएर निर्माण कम्पनीले तोकिएको समयमा काम गर्न नसक्दा सडक अधुरै रहेको छ ।
६२ किलोमिटर सडक कालोपत्रेका लागि पहिलो पटक ३० महिनाका लागि सम्झौता गरिएको थियो । पहिलो पटकको म्याद सकिएर चौथो पटक समेत म्याद थप गर्दा पनि निर्माण कार्य पुरा भएको छैन ।
ठेकेदार कम्पनी पाँचौँ पटक म्याद थपको तयारीमा छन । ३६ महिनामै सक्नुपर्ने काम निर्माण कम्पनीको लार्पबाहीले दोब्बर बढी ६५ महिना वितिसक्दा पनि सडक अधुरै रहेको छ ।
०७३ साल फागुनमा निर्माण कम्पनीद्वय बाबाहंस सिद्धिकीशाही, शर्मा राजेन्द्र जेभी र हुलाकी राजमार्ग आयोजनाविच ३० महिनाभित्रै सडक कालोपत्रे गर्ने काम सम्पन्न गर्ने सम्झौता भएको थियो । तर, सम्झौता भन्दा दोब्बर समय अवधि र चार पटक म्याद थपेर पनि निर्माण कम्पनीले सडक निर्माण गर्न सकेको छैनन ।
कैलाली कञ्चनपुरका सदरमुकाम जोड्ने हिसाबले डोकेबजार–पुनर्वास–बेलौरी–बेलडाँडी हुँदै दैजी जोड्ने हुलाकी राजमार्ग निर्माणमा ठेकेदार कम्पनीले कहिले कसैलाई कहिले कसैलाई दोषारोपण गर्दै म्याद थप्याको थप्याई छ ।
शर्मा राजेन्द्र जेभीका संचालक भीम साउद नेपाली काँग्रेस डडेल्धुरामा जिल्ला सभापति एव परशुरामनगरका निर्वतमान मेयर र बाबाहंस सिद्धिकीशाहीका संचालक दिपेन्द्र ब. शाही डोल्पा काँग्रेस सभापति भएकाले म्याद थप्ने तर, काम नगर्ने प्रवृति हावि भएको छ ।
कञ्चनपुर कैलालीका सदरमुकाम जोड्ने उक्त सडक कालोपत्रे भए दक्षिणी क्षेत्रका स्थानीयलाई यातायातमा राहत र समग्र (कैलाली–कञ्चनपुर)को आर्थिक विकासमा बृद्धि हुने अपेक्षा लिएपनि ठेकेदार कम्पनीको लार्पबाहीका कारण स्थानीय हैरान भएका छन ।
डोकेबजार–पुर्नवास–बेलौरी–बेलडाँडी हुँदै दैजी महेन्द्रराजमार्ग सम्म जोड्ने हुलाकी राजमार्ग समयमै निर्माण नहुँदा सडक धुलाम्मे, हिलाम्मे हुँदै आएका छन ।
६२ किलोमिटर सडक कालोपत्रेका लागि कुल १ अर्ब, १७ करोडको लागतमा उक्त सडकको ७ मिटर चौडाई कालोपत्रे गर्ने सम्झौता ५० प्रतिशत भन्दा बढि भुक्तानी पाईसकेको जनाएको छ । तरपनि निर्माण कम्पनीले निर्माण कार्य सम्पन्न गरेका छैनन ।
Discussion about this post