धामी राष्ट्रिय लोक तथा दोहोरो गित प्रतिष्ठानको केन्द्रीय सचिवमा निर्वाचित

10
VIEWS

कञ्चनपुर,
सुदूरपश्चिमका चर्चित उद्घोषक, लोक देउडा गायक नविन सिह धामी राष्ट्रिय लोक तथा दोहोरो गित प्रतिष्ठानको केन्द्रीय सचिवमा निर्वाचित भएका छन ।

धादिङमा सम्पन्न भएको राष्ट्रिय लोक तथा दोहोरो गित प्रतिष्ठानको ८औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सचिवमा निर्वाचित भएका हुन । धामी भूगोलबाट केन्द्रीय सचिवमा निर्बिरोध निर्वाचित भएको राष्ट्रिय लोक तथा दोहोरो गित प्रतिष्ठानले जनाएको छ ।

डेढ दशक भन्दा बढि समयदेखि धामीले विभिन्न जिल्लामा संचालित भएका महोत्सवमा उद्घोषकदेखि लोक देउडामा ख्याती कमाउँदै आएका छन ।

उनले प्रतिष्ठानको सचिवमा चयन भएसंगै पाईएको जिम्मेबारी अनुरुप नेपालको लोक गित संगिक कला र कलाकारको हकहित संरक्षणमा काम गर्ने प्रण गरेका छन ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार