महाकाली बाल अनाथालय प्रमुख जेल चलान

महेन्द्रनगरस्थित महाकाली बाल अनाथालयका नाबालिकाहरूमाथि बाल यौनदुराचार गरेको अरोपमा पक्राउ परेका कार्यालय प्रमुखलाई पुर्पक्षका लागि कारगार चलान गरिएको छ । अनाथालयका कार्यालय प्रमुखसमेत शंकरबहादुर चन्दलाई जिल्ला अदालत कञ्चनपुरले बुधबार ५० हजार धरौटी मागसहित पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश पदमराज पाण्डेयको इजलासले चन्दलाई तीन वटा कसुरमा कारागार चलानसंँगै धरौटीको आदेश गरेको छ । उनलाई बालयौन दुराचार, जबरजस्ती करणी र गर्भपतन कसुरमा कारागार चलान गरेको हो । ‘उनी माथि तीनवटा कसुर लागेको छ,’ जिल्ला अदालतकी स्रेस्तेदार जयन्ती अवस्थी भट्टले भनिन्, ‘बालयौन दुराचारमा धरौटी र अन्यमा कारागार चलानको आदेश भएको हो ।’

उनका अनुसार बालयौन दुराचार कसुरमा ५० हजार धरौटी माग गरिएको छ । यसैगरी जबरजस्ती करणी र गर्भपतनमा पुर्पक्षका लागि कारागार चलानको आदेश गरिएको हो ।
एक वर्षदेखि अनाथालयकी नाबालिकाहरूमाथि यौन दुर्व्यवहार तथा जबरजस्ती करणी गरेको आरोपमा चन्दलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक महिनाअघि पक्राउ गरेको थियो । कार्यालयमै चकलेट दिने तथा टीभी हेर्न दिने वहानामा बालिकाहरूमाथि यौनशोषण गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनले एक नाबालिकाको गर्भसमेत पतन गराएपछि घटना बाहिर आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चन्द अनाथालय स्थापनादेखि नै कार्यालय प्रमुख थिए । अनाथालयमा रहेकी सुस्त मानसिक अवस्थाकी १४ वर्षीयालाई गर्भवती बनाएर गर्भपतनसमेत गराएको प्रहरीले जनाएको छ । कञ्चनपुरका डीएसपी प्रकाश डाँगीका अनुसार एक बालिकामाथि यौन दुर्व्यवहार तथा दुईमाथि जबरजस्ती करणी र एक बालिकाको गर्भपतन गराएको चन्दलाई अभियोग लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित