कञ्चनपुर,
कञ्चनपुरको भीमदत्त नगरपालिका १८ कटानमा रहेको वेष्टर्न एकेडेमीको २३ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । आईतबार एक कार्यक्रमका विच वेष्टर्न एकेडेमीको बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल विवेकराज कलौनीले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शैक्षिक गुणस्तरमा प्रतिबद्धता जाहेर गरेका छन । प्रिन्सिपल कलौनीले अहिले पनि शैक्षिक स्तर बृद्धि भईरहेको भन्दै भावि दिनमा समेत गर्दै जाने प्रण गरेका छन ।
वेष्टर्न एकेडेमीका संचालक बिर्ख बहादुर मल्लले विद्यालयलाई नमुना बनाउने स्तरिय योजना ल्याईने बताए । संचालक मल्लले प्राविधिक धार सहितका शैक्षिक कार्यक्तम ल्याउने घोषणा गरेका छन । कार्यक्रममा बिशिष्ठ अथिति भीमदत्त नगरका उपप्रमुख निलम लेखकले शैक्षिक स्तरबृद्धिमा सुझाव दिएका छन ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले पनि शैक्षिक स्तरबृद्धि गर्दै दक्ष जनशक्ति उत्पादनमा जोडदिए । कार्यक्रममा विभिन्न विद्याका उत्कृष्ठ विद्यार्थीलाई सम्मान एव पुरस्कार वितरण गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र चन्दको अध्यक्षतामा भएको कार्यक्रमको संचालक शिक्षक महेन्द्र सिहले गरेका थिए, भने शिक्ष्ँक महेश चौधरीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमममा अभिभावक, शिक्षक, विद्यार्थीको सहभागिता रहेको थियो ।
Discussion about this post