पत्रकार धामीलाई संचारगृहमै गएर धम्क्याउने राप्रपा सचिव थापा समुहमाथि कार्बाहीको माग

कञ्चनपुर,
कञ्चनपुरका पत्रकार सुरेश धामीलाई संचारगृहमै गएर धम्क्याउने राष्ट्रिय प्रजातान्त्रिक पाटीका सचिव शिबिर थापा समुहमाथि कार्बाहीको माग अघि सारिएको छ ।

पत्रकारका विभिन्न संघ संगठनहरुले संचार गृहमै गुण्डाशैलीमा गएर धम्क्याउने राप्रपा कञ्चनपुरका सचिव थापा समुहमाथि कार्बाहीको माग अघि सारेका छन ।

नेपाल पत्रकार महासंघ, प्रेस सेन्टर नेपाल, प्रेस यूनियन र प्रेस चौतारी सहितका पत्रकार संघ संगठनहरुले छुट्टाछुट्टै विज्ञप्ती जारी गरेर पत्रिकार धामीमाथि धम्क्याउने राप्रपाका नेता थापा सहितको समुहलाई पक्राउ गरी कार्बाहीको माग अघि सारेका हुन ।

पीडित पत्रकार धामीले जिल्ला प्रहरी कार्यालयमा राप्रपा थापा सहितको नामममा उजुरी दिएपनि प्रहरीले समुहमै संचारगृहमै प्रवेस गरेर धम्क्याउने गिरोहलाई काबाहिकाे माग अघि सारेका छन ।

नेपाल पत्रकार महासंघ कञ्चनपुरका सल्लाहकार, अपिटुडे दैनिकका प्रकासक धामीलाई बिना कारण संचारगृहमै पुगेर अनाधिकृत धम्क्याउने कार्य निन्दनिय र भत्र्सनायोग्य भन्दै पत्रकार संघ संगठनले सो समुहलाई कार्बाहीको माग अघि सारेका हुन ।

महासंघ, प्रेस चौतारी, सेन्टर र यूनियनले संचारगृहमै प्रवेस गरेर धम्क्याउनेदेखि अपशब्द प्रयोग गर्ने कार्य निन्दनिय भएको बताएका छन । पत्रकार महासंघ कञ्चनपुरका सचिव राजेन्द्र प्रशाद अवस्थी, प्रेस चौतारी नेपालका अध्यक्ष लक्ष्मण पन्त, प्रेस सेन्टर नेपालका अध्यक्ष अरुण प्रशाद भट्ट र प्रेस यूनियनका मनोज प्रशाद भट्ट हस्ताक्षर गरेको विज्ञप्तीमा पत्रकार धामीलाई धम्क्याउने राप्रपा नेता थापा सहितको समुहलाई पक्राउ गरी कानुनी कार्बाहीको माग अघि सारिएको छ ।

प्रेस स्वतन्त्रताको हस्तक्षेप गर्न खोज्नेमाथि कार्बाही गर्नुपर्ने अब उपरान्त यस्ता घटना नदोहो¥याउन सम्बन्धीत सबै पक्षको ध्यानाकर्षण गराईएको छ । जिम्मेबारी दलका जिल्ला सचिवबाट संचारगृहमै प्रवेस गरेर पत्रकार धम्क्याउने कार्यको पत्रकार संघ संगठन सहित सर्बत्र रुपमा भत्र्सना जाहेर गरिएको छ ।

सरकार चलाउने, देश र जनताका लागि काम गर्ने दलकै नेता कार्यकर्ताबाट पत्रकार असुुरक्षित हुने कार्यले नागरिक समेत दलका नेता कार्यकर्ताबाट त्रसित भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित