स्ववियू निर्वाचनमा नेवि संघ कञ्चनपुरमा किचलो

कञ्चनपुर,
आगामी चैत्रमा हुने स्वतन्त्र विद्यार्थी यूनियन(स्ववियू) निर्वाचनमा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघमा विवाद सार्वजनिक भएको छ ।

स्ववियू निर्वाचनको विषयलाई लिएर नेवि संघ कञ्चनपुरमा थप किचलो उत्पन्न भएको छ ।
केन्द्रीय समितिले नेवि संघ कञ्चनपुरको नेतृत्व नेता रमेश चटौतलाई दिएसंगै चटौत नेतृत्वमा स्ववियू निर्वाचनका गतिबिधी भईरहेका बेला कृष्ण पाण्डे धारको नेवि संघले अवैधानिक अध्यक्ष रमेश चटौतको अध्यक्षतामा गठित क्याम्पसमा समिति अवैध भएको आरोप लगाएको छ ।

नेवि संघ जिल्ला कार्य समिति कञ्चनपुरका कावा अध्यक्ष कृष्णदत्त पाण्डेयले हस्ताक्षर गरेको विज्ञप्तीमा विभिन्न क्याम्पसमा नेवि संघको नाममा इकाई कमिटि गठन भएको देखिएकाले ति इकाई कमिटि पुर्ण अवैधानिक भएको दावि गरेका छन । समिति गठन नगर्न आग्रह गरिएको छ ।

उता चटौत नेतृत्वको नेवि संघले स्ववियू निर्वाचनको संघारमा अनावश्यक बहानाबाजी नगर्ने समेत आब्हान गर्दै आएको छ । नेवि संघ भित्रकै किचलोका कारण स्ववियू निर्वाचन सर्ने चिन्ता व्यक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित