कञ्चनपुर,
डेढ दशमा आगामी ५ चैत्रमा स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन हुँदै छ ।
चुनावकै मुखमा आएर कञ्चनपुरका निर्वाचन हुने क्याम्पसमा तालाबन्दी भएको छ । क्याम्पस प्रंशासनले निर्वाचनमा तदारुकता नदेखाएको भन्दै संयुक्त विद्यार्थी संगठनले क्याम्पसमा तालाबन्दी गरेका छन ।
त्रिभुवन विश्वविद्यालयको आगिक क्याम्पस सिद्धनाथ विज्ञान र त्रिविकै सम्बन्धन प्राप्त कञ्चन विद्या मन्दिर सामुदायिक कलेजमा तालाबन्दी भएको छ । शुक्रबार संयुक्त विद्यार्थी संगठनले तालाबन्दी गरेका छन ।
अखिल क्रान्तिकारी कञ्चनपुरका नेता दल बहादुर धामी(अबिरल)ले निर्वाचन प्रकृयामा ढिलासुस्ती र क्याम्पसमा निर्वाचनको वातावरण नबनाएकाले कञ्चन बिद्या मन्दिर र सिद्धनजाथ विज्ञान क्याम्पसमा तालाबन्दी गरिएको बताए ।
अनेरास्ववियू कञ्चनपुरका सह सचिव धर्मराज जोशीले क्याम्पस प्रशासनबाट चुनावका लागि वातावरण नबनाएपछि तालाबन्दी गरिएको बताए । ‘हामीले तालाबन्दी गरेर क्याम्पस प्रमुख राज कुमार साउदको कुर्सी समेत बाहिर फालिदियौँ, ‘उनले भने, ‘यो दवावमुलक कार्यक्तम हो, ढिलासुस्ती गरे फेरी थप आन्दोलन गछौँ ।’
अखिल क्रान्तिकारी कञ्चनपुरका संयोजक एव संयुक्त विद्यार्थी संगठनका नेता भुवन सिह विष्टले विज्ञान क्याम्पस प्रशासनले चरम लार्पबाही गरेपछि बाध्य भएर तालाबन्दी गरेको बताए । ‘बषौँपछि विद्यार्थीको हकहित हुने स्ववियू निर्वाचन हुँदैछ, ‘उनले भने, ‘क्याम्पस प्रशासनबाट तदारुकता देखाईएन ।’
उनले स्वच्छ, निष्पक्ष र सेटिङ्गमा अमुख व्यक्ति संगठनलाई जिताउने चलखेल गरेपछि संयुक्त विद्यार्थी संगठनले तालाबन्दी गरेको बताए । अनेरास्ववियु कञ्चनपुरका अध्यक्ष कमल रोकायाले क्याम्पस प्रशासन नै विद्यार्थीको हक हित बिरुद्धमा देखिएकाले बाध्य भएर तालाबन्दी गरिएको बताए ।
कञ्चन विद्यामन्दिर सामुदायिक कलेजका प्रमुख डा.राज कुमार साउदले निर्वाचनका लागि क्याम्पस प्रशासनबाट कुनै कमि नभएको बताए । ‘हाम्रो तर्फबाट पुरै तयारी थियो, ‘उनले भने, ‘विद्यार्थी आए तालाबन्दी गरे, मेरै कुर्सी फागेर गए अब कसरी गर्ने तयारी ।’
सिद्धनाथ विज्ञान क्याम्पसका प्रमुख गजराम दमाईले त्रिविले तोके अनुरुप निर्वाचन कार्य तालिका अघि बढाईएको बताए । ‘हाम्रो क्याम्पसबाट निर्वाचन सबै प्रकृया अघि बढाएका छौँ, ‘उनले भने, ‘हामी कसैको पक्ष विपक्षमा गएका छैनौँ, सदैव निष्पक्ष छौँ ।’
निर्वाचन हुने क्याम्पमै तालाबन्दी भएपछि कञ्चनपुरमा स्ववियू निर्वाचन प्रभावित हुने भएको छ । अन्य क्याम्पसमा विभिन्न विवाद हुँदा स्ववियू निर्वाचन अन्यौलमा परेको छ । सुप विश्वविद्यालयमा शुक्रबार संगठन दर्ता भएका छन ।
यस अघि कञ्चनपुरमा ०६४सालमा स्ववियू निर्वाचन भएको थियो । विचमा पटक पटक मिति तोकिने र सर्दै आएको छ । स्ववियू निर्वाचन हुने भएपछि उत्साहित भएका विद्यार्थी संगठन क्याम्पस प्रशासनबाट बाहिसहुनेदेखि वेवास्ता गर्न थालेपछि निरासा भएका छन ।
Discussion about this post