स्ववियु निर्वाचनका लागि रौलेश्वरमा २ संगठनद्धारा मनोनयन दर्ता

125
VIEWS

बेलडाँडी,
स्ववियु निर्वाचनका लागि रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसमा २ विद्यार्थी संगठनद्धारा मनोनयन दर्ता गरिएको छ ।

 

नेपाल विद्यार्थी संघ र अखिर नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनद्धारा आज मनोनयन दर्ता गरिएको रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पस स्ववियु निर्वाचन समितिको कार्यालयले जनाएको छ ।

कर्यालयका अनुसार नेवि संघका तर्फबाट सभापतिमा गजेन्द्र उपाध्याय, सचिव दिनेश जोशी, कोषाध्यक्ष कविता शाही, सदस्य दिपेन्द्र भट्ट, विमला लुहार, पुजा दमाई, शिल्पा गिरी नाथ र हिमांशु वि.क. रहेका छन् भने अनेरास्ववियुका तर्फबाट सभापति दिलेन्द्र प्रशास बडु, सचिव भाष्कर भट्ट, कोषाध्यक्ष भानुमति ऐरी, सदस्य विपना सुनार, बल सिंह बुढा, लक्ष्मण भट्ट, बसन्ती डगौरा र बबिता बमको मनोनयन दर्ता गरिएको जनाइएको छ ।

चैत्र ५ गते कञ्चनपुरका १५ क्याम्पसमा स्ववियु निर्वाचन हुदै छन् । अन्य क्याम्पसमा समेत विभिन्न विद्यार्थी संगठनले मनोनयन दर्ता गराएका छन् ।

https://www.facebook.com/madan.khatri.73997
बिबाह बर्तबन्ध जस्ता उत्सवहरु लाइ अमुर्त राख्न उत्कृष्ट फोटो तथा भिडियोग्राफी को खोजीमा हुनुहुन्छ भने अन्यत्र भौतरिनै पर्दैन?चवोन्न्नी बजार मै पहिलो पटक ड्रोन क्यामेरा सहित उत्कृष्ट फोटो तथा भिडियो प्रदान गर्न सफल दिपेश मोबाईलग्यालरी एण्ड भिडियोग्राफी

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार