महाकाली बहुमुखी क्याम्पस बेलौरीमा ५ जनाको स्ववियु सभापतिमा उम्मेदवारी दर्ता

कञ्चनपुर,
आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि बेलौरीमा रहेको महाकाली बहुमुखी क्याम्पसमा बिभिन्न बिद्यार्थी संगठनबाट ४ जना र १ जना स्वतन्त्र उम्मेदवार सहित ५ जनाले स्ववियु सभापतिका लागि उम्मेदवारी दर्ता गराएका छन ।

क्याम्पसमा नेपाल बिद्यार्थी संघ,नागरिक बिद्यार्थी समाज, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन तथा अखिल क्रान्तिकारी र १ जना स्वतन्त्र उम्मेदवारले सभापतिमा उम्मेदवारी दर्ता गराएको  निर्वाचन समितिले जनाएको छ ।

नेपाल बिद्यार्थी संघको तर्फबाट सभापतिमा निरज भण्डारी,सचिवमा कलावती राना,कोषाध्यक्ष मञ्जु अवस्थी,सदस्य कबिता बोहरा,अस्मिता बिष्ट,पशुपती राना,बन्दना कुमारी बिष्ट र कल्पना चौधरीले उम्मेदवारी दर्ता गराएका छन ।

यस्तै नागरिक बिद्यार्थी समाजबाट सभापतिमा उर्मिला चौधरी,सचिव मख्खन चौधरी, कोषाध्यक्षमा सुरज चन्द,सदस्य दिलमाया चौधरी,बन्दना राना,सोनु खुना,प्रदिप चौधरी र दिपा चौधरीले उम्मेदवारी दर्ता गराएका छन । स्वतन्त्रबाट सभापतिमा रमेश तमोलीले उम्मेदवारी दर्ता गराएका छन । यस्तै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनबाट सभापतिमा हिरामोती चौधरी, सचिवमा यशोदा रेग्मी, कोषाध्यक्षमा रमेश जोशी,सदस्य राहुल कुमार बोट,दिलमाया राना,प्रेमसिंह चौधरी,मेनिका थापा र लक्ष्मी क्षेत्रीले उम्मेदवारी दर्ता गराएका छन ।
यस्तै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन तथा अखिल क्रान्तिकारीबाट सभापतिमा सपना चौधरी, सचिवमा भागरथी नेपाली, कोषाध्यक्षमा दिपा राना, सदस्य प्रदिप कुमार बोट,लक्षिराम राना,सुस्मिता चौधरी,चन्द्र कुमारी राना र आरती रानाले उम्मेदवारी दर्ता गराएको क्याम्पस निर्वाचन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित