कञ्चनपुर,
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० झलारी स्थित रहेको कृष्ण बैजनाथ बहुमुखी क्याम्पसमा नेकपा एमाले, माओवादी केन्द्र निकट विद्यार्थी संगठनको संयुक्त प्यानल चुनावी मैदानमा होमिएको छ ।
काँग्रेस निकट एक्लै उक्त क्याम्पसमा एमाले–माओवादीसंग सामना गर्न लागेको छ ।
एमाले निकट अनेरास्ववियु र माओवादी निकट अखिल क्रान्तिकारीले स्ववियू निर्वाचनका लागि कृष्ण बैजनाथ बहुमुखी क्याम्पसमा संयुक्त प्यानल अघि सारेका हुन ।
भने नेवि संघ एक्लै चुनावी मैदानमा छ । अनेरास्ववियु र क्रान्तिकारीका तर्फबाट बालिका पन्तको सभापतित्वमा संयुक्त प्यानल र नेवि संघका कृष्णराज जोशीको सभापतित्वमा टिम चुनावी मैदानमा होमिएको छ ।
अनेरास्ववियु र क्रान्तिकारीको संयुक्त प्यानल जिताउनका लागि अखिल क्रान्तिकारी कञ्चनपुरका संयोजक भुवन सिह विष्ट सहितका दुवै संगठनका नेता कार्यकर्ता खटिएका छन ।
क्रान्तिकारीका जिल्ला संयोजक विष्टले आम विद्यार्थीको हकहितका लागि बामपन्थी विद्यार्थी जिताउन क्याम्पसका विद्यार्थीसंग अनुरोध गर्दै मत मागेका छन । सोमबार क्याम्पस पुगेका क्रान्तिकारी संयोजक विष्टले विद्यार्थीको हकहितका लागिसंयुक्त प्यानल जिताउन अनुरोध गरेका छन ।
Discussion about this post